• २०८१ बैशाख ८ शनिबार

क्रोसियालाई पराजित गर्दै इङल्याण्ड नेशन्स कपको सेमिफाइनलमा, केनले गरे निर्णायक गोल  

kharibot

काठमाडौँ। युइएफए नेशन्स कप अन्तर्गत इङल्याण्डले क्रोसियालाई पराजित गर्दै नेशन्स कपको सेमिफाइनलमा पुगेको छ। आइतबार भएको खेलमा इङल्याण्डले क्रोसियालाई २-१ गोल अन्तरले पराजित गरेको छ। 

इङल्याण्डको जितमा जेस्से लिङगार्ड र ह्यारी केनले एक एक गोल गरेका थिए भने क्रोसियाका अन्द्रेज क्रमारिकले एक गोल गरेका थिए। १-१ गोलको  बराबरीमा रहेका अवस्थामा खेलको ८५औ मिनेटमा इङल्याण्डका कप्तान केनले निर्णायक गोल गर्दै इङल्याण्डलाई नेशन्स कपको फाइनलमा पुर्याएका हुन्।

यसका साथै इङल्याण्डले हालै सम्पन्न विश्वकपको सेमिफाइनलमा क्रोसियासँगको हारको बदला पनि लिएको छ। समुह ४ मा क्रोसिया ४ खेलमा ४ अंकसहित पुछारमा रहदै रेलिगेशनमा परेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै