• २०८१ बैशाख ६ बिहीबार

नेविसंघको केन्द्रीय समितिको म्याद २ महिना थपियो, पौडेल र केसीको असहमति 

kharibot

काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय समितिकाे बैठकले नेविसंघको म्याद दुई महिना थप्ने निर्णय गरेकाे छ । पार्टी विधानको धारा २६ अनुसार तीन महिनाको व्यवस्थालाई पाँच महिनाको बनाउने निर्णय भएकाे छ ।

यसअघि तीन महिनाको म्याद सकिइसकेको छ । अब दुई महिनाको अवधिमा नैनसिंह महर नेतृत्वको कार्यसमितिले नेविसंघको महाधिवेशन गर्नुपर्नेछ । बैठकले विधान पास गरेपछि अब ३२ वर्षे उमेरहद लगाएरै महाधिवेशन गर्ने निर्णय भएको छ । म्याद थपका विषयमा कांग्रेस नेता रामचन्द्र पौडेल र अर्जुननरसिंह केसीले भने असहमति जनाएका छन् ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., फरमूल्लाह मन्सुर, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, शंकर भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, बीरबहादुर बलायर र प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो धारणा राखेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै