• २०८१ बैशाख ८ शनिबार

चर्चामा नायिकाको पारिश्रमिक, पूजा र सम्राज्ञीको छलाङ  

kharibot

काठमाडौँ।  कुनै समय थियो नेपाली फिल्ममा नायिकाको काम केहि अपवाद बाहेक हिरोको अघि पछि नाच्ने मात्र हुन्थ्यो। तर समयक्रमसँगै अहिले यसको परिभाषा बदलिएको छ। 
पछिल्लो समय नायिका पूजा शर्मा, सम्राज्ञी राज्यलक्ष्मी शाह र नम्रता श्रेष्ठले एक फिल्मका लागि १५ लाख पारिश्रमिक लिएको खबरसँगै अब नायिकाले पनि फिल्मको हिरो सरह र त्यो भन्दा धेरै पारिश्रमिक पाउन सक्छन भन्ने कुराको सुरुवात भएको छ। 

फिल्म प्रेमगीतबाट सुपरस्टार बनेकी अभिनेत्री पूजा शर्माले हालै नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ १५ लाख पारिश्रमिक लिएर साइन गरेकी छन्। यस अघि म यस्तो गीत गाउछु र रामकहानी निर्माण समेत गरेकी पूजाले दुई फिल्मको सफलतापछि आफ्नो भन्दा बाहिरको ब्यानरमा कम गर्न लागेकी हुन्। ‘सम्हालिन्छ कहिले मन’लाई भने उनकै क्याम्पका निर्देशक सुदर्शन थापाले निर्देशन गर्दैछन्।  

पूजाले १५ लाख पारिश्रमिक लिएर फिल्म साइन गरेको केहि दिनमै अर्की नायिका सम्राज्ञीले पनि १५ लाख पारिश्रमिक लिएर २ फिल्म साइन गरेको खबर बाहिरिएको छ। अभिनेता अनमोल केसीसँग फिल्म 'ड्रिम्स' पछि सुपरस्टार बनेकी साम्राज्ञी आफ्नो करिअरलाई फर्केर हेर्नु परेको छैन। 
 
सम्राज्ञीले 'ए मेरो हजुर २', 'तिमीसँग' र 'इन्टु मिन्टु लण्डनमा' मा लगभग ५-६ लाख पारिश्रमिक लिएकी थिइन् भने उनको पछिल्लो फिल्म 'कायरा' मा १० लाख पारिश्रमिक लिएकी थिइन् । सम्राज्ञीको फिल्म 'ड्रिम्स' पछि उनको 'ए मेरो हजुर २' सुपरहिट भएका थिए भने 'तिमीसँग' र 'कायरा' ले बक्स अफिसमा औसत रहेका थिए । 'इन्टु मिन्टु...' को इनिसियल बक्सअफिस आक्रामक भए पनि घरेलु बजारमा लगानी उठाउन असफल भएको थियो। 

सम्राज्ञीले 'मंगलम' निर्देशन गरेका निर्देशक नवल नेपालले निर्देशन गर्ने फिल्म साइन गरेकी थिइन् । फिल्ममा उनको जोडी अभिनेता पुष्पल खड्कासँग बाँधिएको छ । यस फिल्ममा उनले १५ लाख पारिश्रमिक पाउने छिन् । 

त्यस्तै सम्राज्ञीले चर्चित युवा निर्देशक हेमराज विसीको फिल्म पनि १५ लाख पारिश्रमिक लिएर साइन गरेकी छन् । शिर्षक फाइनल नभएको यस फिल्ममा सम्राज्ञीको जोडीको रुपमा स्टार अभिनेता प्रदीप खड्का रहेका छन् । 

त्यस्तै धेरै पारिश्रमिक लिने अभिनेत्रीको सुचिमा नम्रता श्रेष्ठको नाम पनि जोडिएको छ। नम्रताले फिल्म फिल्म 'प्रसाद' मा १५ लाख लिएको मिडिया रिपोर्ट प्रकासित भएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै