• २०८१ बैशाख ८ शनिबार

यी हुन् ४० काट्दापनि अविवाहित बलिवुड अभिनेत्रीहरु 

kharibot

काठमाडौँ। बलिवुडमा अहिले एकपछि अर्को सेलिब्रेटीहरु विवाह बन्धनमा बाधिदै छन्। केहि महिना अघि अभिनेत्री सोनम कपुर, नेहा धुपिया पछि हालै अभिनेत्री दीपिका पदुकोने र रणवीर सिंह विवाह बन्धनमा बाधिएका छन्। त्यस्तै हलिवुडमा जम्दै गरेकी अभिनेत्री प्रियंका चोपडापनि छिट्टै विवाह बन्धनमा बाधिदै छन्। 

यसैबीच हामीले बलिवुडमा हालसम्म सक्रिय रहेका केहि यस्ता अभिनेत्रीहरु जो आफ्नो उमेर बढ्दै जादा पनि विवाह गरेका छैनन्, उनीहरुको बारेमा चर्चा गर्दै छौ। अविवाहित अभिनेत्रीको चर्चा गर्दा सुष्मिता सेनको नाम सबै भन्दा अगाडी आउछ। ४२ बर्ष उमेर पुगेकी सुष्मिता अहिले आफूभन्दा १५ बर्ष कम उमेरका युवासँग रोमान्स गरिरहेको चर्चा बलिवुडमा चलिरहेको छ। जसलाई उनले पुष्टि पनि गरिसकेकी छन्। विगतमा कैयौ अभिनेता तथा निर्देशकसँग सुष्मिताको नाम जोडिएपनि उनले अहिलेसम्म विवाह भने गरेकी छैनन्। सुष्मिताले एक छोरीलाई भने निकै पहिले देखि नै आफ्नै छोरी बनाएर राखेकी छन्।

त्यस्तै अविवाहित अभिनेत्रीको सुचिमा आउने अर्की चर्चित नायिका हुन् तब्बु। उत्कृष्ट अभिनय गर्ने अभिनेत्रीको रुपमा आफ्नो छबि बनाएकी तब्बु ४७ बर्षकी हुदासम्म पनि अविवाहित नै रहेकी छन्। सार्वजनिकरुपमा तब्बु कसैसँग अफ्येर्समा रहेको सुनिएको छैन। 

त्यस्तै यस सुचिमा अर्की नायिका छन् अमिषा पटेल। ऋतिक रोशनसँगको फिल्म कहो ना प्यार है बाट बलिवुडमा आएकी अमिषा अहिले ४२ बर्षकी भईन्। बलिवुडमा अभिनेत्रीको रुपमा खास सक्रिय नभएकी अभिषाले फिल्म निर्माणमा हात हालिरहेकी छन्। निर्देशक विक्रम भट्टसँगको अफ्येर्सका कारण विगतमा चर्चामा रहेकी अमिषा अहिलेसम्म पनि अविवाहित नै छन्। 

उत्कृष्ट अभिनयले चिनिने अभिनेत्री दिव्या दत्ता पनि अविवाहित रहेकी छन्। ४१ बर्षकी दिव्याको सार्वजनिक रुपमा कुनै अफ्येर्सको कुरा पनि बाहिर आएको छैन। त्यस्तै मुन्ना भाई एमबिबिएसमा अभिनय गरेकी नायिका ग्रेसी सिंह, नगरिस फाखरी पनि ४० को नजिक पुग्दासम्म पनि अझै अविवाहित नै रहेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै