काठमाडौँ। शैली थिएटरले आगामी माघ महिनाको दोश्रो हप्ता देखि सुरु हुने गरि दशौँ राष्ट्रिय बाल नाटक महोत्सब २०७५ गर्ने भएको छ ।
शैली थिएटरले बालबालिकालाई रङ्गमञ्च, कला र साहित्यतर्फ काम गर्न प्रोत्साहान र अवसर दिने हेतले आयोजना गरिने सो महोत्सबमा सहभागी हुन शैली थिएटरले सम्पुर्ण व्यक्ति, सस्था, स्कुल, नाटक समुहलाई मंशीर २९ गते भित्र आलेख (स्कृप्ट) बुझाउन आव्हान गरेको छ ।
प्रतियोगितात्मक महोत्सव भएकाले बालबालिका उत्साहित बनाउन आयोजकले पुरस्कारका विधा पनि छुटाएको छ । शैलिका महोत्सब संयोजक आर्यन न्यौपानले भने, “छनोट भएर मञ्चनमा लगिएका नाटकहरूलाई मञ्चनकै अविधमा विज्ञहरुको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरी ६ वटा पुरस्कारहरु दिईने छ ।“ सुबेदिका अनुसार उत्कृष्ट अभिनय पुरस्कार दुई जनालाई १० हजार दिइने छ भने ७ हजार उत्कृष्ट निर्देशन पुरस्कार र उत्कृष्ट नाटक पुरस्कारको निम्ति प्राप्त हुने छ । प्रोत्सहान पुरस्कार र पव्लिक च्वाईस् पुरस्कार स्वरुप दुई जनालाई ५ हजार दिइने छ भने सहभागि सम्पूर्णलाई प्रमाणपत्र वितरण गरिने छ ।
आयोजकले स्कृप्टको लागि केही आवश्यक मापदण्ड तोकेको जानकारी शैली थिएटरका अध्यक्ष नबराज बुढाथोकीले दिए । बुढाथोकीले भने, “बालबालिकामा केन्द्रित नाटक महोत्सव भएकोले नाटक कुनै पनि तरिकाले बालबालिकासंग जोडिएको हुनु पर्नेछ । नाटकले बालबालिकाको मानोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न पाउने छैन । राष्ट्रिय अखण्डतामा आँच पुराउने तथा राज्यको निति नियम विपरीतको स्कृप्ट स्वीकार्य हुने छैन । एउटा नाटकमा बढीमा १५ जनामात्र कलाकार हुनुपर्ने छ र नाटक ७० मिनेट भन्दा लामो हुनु हुदैन ।"
शैली थिएटरका प्रक्षिक्षक एबम रङ्गकर्मी सहिन प्रजापतीले भने, “हामी महोत्सवमा सहभागी १० उत्कृष्ट भाइबहिनीलाई अभिनय तालिमको शुल्कमा भारी छुट दिएर एबम नि: शुल्क तालिममा राख्ने छौँ । अनि विभिन्न नाटक, फिल्म, एबम अन्य कला कार्यमा मौका दिने छौँ ।“
स्कृप्ट दर्ता गर्न शैली थिएटरको कार्यलय, रुसि सास्कृतिक केन्द्र कमलपोखरिमा बिहान ८ बजेदेखी ११ बजेसम्म सम्पर्क गर्न सकिने जानकारी कार्यलय सचिब सुबास सुबेदिलले दिए । आयोजकका अनुसार महोत्सवका लागि छानिका एबम माघ महिनाको दोश्रो हप्ता मन्चन हुने नाटकहरुको सुचि पुस २ गते सार्बजनिक गरिने छ ।
शैली थिएटर स्थापना भइ औपचारिक रुपमा काम गर्न थालेको एक दशक भएको छ । यो क्रममा शैली थिएटरले ३० वटा नाटक मन्चन गर्यो भने २ वटा नेपालि कथानक चलचित्र र आधा दर्जन लघु चलचित्र निर्माण एबम प्रदर्शन गर्यो । जनचेतना अभिवृदी गर्ने हेतुले यो समुहले बिभिन्न विषयमा हजार भन्दा बढी सडक एबम कचहरी नाटक मन्चन गर्ने राजधानीका बिभिन्न ठाउहरु र पुर्ब झापादेखि नवलपुरसम्मको यात्रा गर्यो भने रेडियो नाटक तयार गरि बिभिन्न रेडियो मार्फत प्रशारण गरि चेतना फैलाउने कार्य पनि गरेको छ । बालबालिकाका बिषयबस्तुलाई केन्द्रमा राखी कार्य गर्ने शैली थिएटरले हरेक बर्ष माघ फाल्गुण महिनामा राष्ट्रिय बाल नाटक महोत्सब पनि गर्दै आएको छ ।