• २०८१ बैशाख १३ बिहीबार

न्यूनतम उपस्थिति नपुगेपछि प्रतिनिधिसभा अर्थ समितिको बैठक स्थगित

kharibot

काठमाडौँ । प्रतिनिधिसभा अर्थसमितिको आज बिहान ९ बजेका लागि निर्धारित बैठक सदस्यको न्यूनतम उपस्थिति सङ्ख्या नपुगेपछि स्थगित भएको छ । बैठकमा पूँजीगत खर्च र गैरबजेटरी निकासाबारे छलफल हुने कार्यक्रम थियो ।

पच्चीस सदस्यीय समितिको उक्त बैठक सञ्चालनका लागि न्यूनतम १३ जना सांसद उपस्थित हुनुपर्नेमा ९:३० बजेसम्म नौ जनामात्र उपस्थित भएपछि बैठक स्थगन भएको हो ।

बैठकमा सहभागी हुन अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीका साथै अन्य सरोकारवाला मन्त्रालयका सचिव र उच्चपदस्थ अधिकृत बिहान ९ बजेअघि नै उपस्थित भइसकेका थिए । न्यूनतम उपस्थिति सङ्ख्या नपुगेर स्थगन भएपनि विशेष कारण परेकाले दिउँसो १ बजे बस्ने गरी बैठक स्थगन गर्नुपरेको सूचना समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै