• २०८१ बैशाख ८ शनिबार

फेसबुक डाउनका कारण संसारभरका प्रयोगकर्तालाई समस्या 

kharibot

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आइतवार निकै समस्या देखियो । संसारभरका प्रयोगकर्तालाई फेसबुक चलाउन गाह्रो भयो । 

यस दिन फेसबुक डाउन हुनुका साथै प्रयोगकर्ताले आफ्नो न्युज फिड हेर्न सकिरहेका थिएनन् । यद्यपि, प्रयोगकर्ताले आफ्नो प्रोफाइल भने हेर्न सक्थे भने फेसबुकमा स्ट्याटस र फोटो, भिडियो पोस्ट पनि भइरहेका थिए । 

अधिकांश प्रयोगकर्ताको फेसबुक न्युज फिड पेज अपलोड नै भएको थिएन । 

डेस्कटप स्क्रिनमा इरर म्यासेज देखिएको थियो । फेसबुक खोल्दा समथिङ्ग वेन्ट रङ र ट्राई रिफ्रेसिङ द पेज भन्ने म्यासेज देखिएको थियो । 

नेपालमा मात्र नभएर संसारभरिबाट नै फेसबुक डाउन भएको खबर आयो । फेसबुक डाउन भएपछि प्रयोगकर्ताले ट्विटरमा यसको गुनासो गरे ।

अघिल्लो महिना पनि फेसबुक डाउनको समस्या आएको थियो । त्यस बेला केही समयका लागि मात्र फेसबुक डाउन भएको थियो र प्रयोगकर्ताले फेसबुकमा कुनै पनि प्रकारको क्रियाकलाप गर्न पाएका थिएनन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै