• २०८१ बैशाख ११ मंगलबार

बर्दियामा बसको ठक्करबाट एक विद्यार्थीको निधन

kharibot

बर्दिया । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका नजिकै बसको ठक्करबाट साइकलमा सवार एक विद्यार्थीको आज घटनास्थलमै मृत्यु भएको छ ।

कालीकोटबाट टीकापुरका लागि छुटेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत् विद्यार्थी निर्मला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै