• २०८१ बैशाख ८ शनिबार

यौनिक सम्बन्धमा किताब लेख्दा चिनियाँ उपन्यासकारले पाइन् १० वर्षको जेलसजाय 

kharibot

वेइबो

एसिया । एक चिनियाँ महिला साहित्यकारविरुद्ध अदालतले १० वर्षको जेलसजाय सुनाएको छ । टियानी नामले प्रसिद्ध लिउ नामकी ती उपन्यासकार २०१७ मा पक्राउ परेकी थिइन् । अकुपाई नामको उपन्यास लेखेपछि उनी पक्राउ परेकी थिइन् । 

चिनियाँ राज्यनियन्त्रित मिडियाहरुका अनुसार उक्त किताबमा दुई पुरुषबीचको यौनिक व्यवहारबारे उल्लेख भएकै कारण हिंसात्मक विरोध भएको थियो । वुहुको अदालतले उनीविरुद्ध १० वर्षको जेल सजाय सुनाएको बताइएको छ । उक्त पुस्तकले युवा प्रेम समेटिएको विषयवस्तु समावेश गरेको बताइएको छ ।

उक्त पुस्तकको बिक्रीबाट २१ हजार ६ सय २४ डलर समेत लिउले आर्जन गरेकी थिइन् । 

चीनमा यौनिक प्रकाशन पूर्णरुपमा निषेधित छ । अदालतले १० वर्षको जेलसजाय सुनाएपछि सामाजिक सञ्जालमा भने उक्त फैसलाको आलोचना भएको छ ।

अन्तको ट्विटरजस्तै चीनमा चर्चित वेइबोमा टियानी ह्यासट्यागमा लाखाँैले फैसलाको विरोध गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै