• २०८१ बैशाख ७ शुक्रबार

‘ए’ डिभिजन लिगमा सशस्त्रको पहिलो जित

kharibot

काठमाडौँ। सशस्त्र प्रहरीको एपिएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । 

सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई १– ० गोलअन्तरले पराजित गर्दै एपिएफले लिगमा पहिलो जित दर्ता गरेको हो । एपिएफको जितमा प्रविन स्याङतानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा प्रविनले गोल गर्दै एपिएफलाई महत्वपूर्ण जित दिलाए । 

फ्रेन्ड्सले पनि केही गोलका अवसर गुमाएको थियो । खेलमा ‘म्यान अफ दि म्याच’ एपिएफका प्रविन नै चुनिदै रु १० हजार प्राप्त गरे । जितसँगै एपीएफले २ खेलबाट चार अङ्क जोडेको छ । एपिएफले पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको थियो । फ्रेन्ड्सको भने यो लगातार दोस्रो हार हो । यसअघि फ्रेन्ड्स थ्री स्टारसँग पराजित भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै