• २०८१ बैशाख ८ शनिबार

अब टेलिभिजनमा मानिसको सट्टा रोबोटले समाचार भन्ने ! (भिडियोसहित)

kharibot

चीन । ‘यो मेरो एकदमै पहिलो दिन हो सिन्ह्वा न्युज एजेन्सीमा’ यो कुनै मानिसले भनेको होइन । यो आवाजसँगै चीनको एउटा रोबोट (आर्टिफिसियल इन्टेलिजेन्स)ले चीनमा टेलिभिजनमा समाचार भन्न सुरु गरेको छ । 

चीनको समाचार संस्था सिन्ह्वाले संसारकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्स न्युज एंकर (समाचार भन्ने रोबोट)को टेलिभिजनमा प्रयोग गरेको हो । चीनको झिजियांग प्रान्तमा भइरहेका विश्व इन्टरनेट सम्मेलनका क्रममा यस्तो एआईको सुरुवात गरिएको हो । 

उक्त एआईले प्रसारण भइरहेको लाइभ भिडियो आफैँ पहिचान गर्न सक्छ भने अक्षरहरुसमेत स्वाभाविक र व्यावसायिक समाचारवाचकले जसरी पढ्न सक्छ । सिन्ह्वाले यस्तो दाबी गरे पनि केहीले भने प्राकृतिक रुपमा जसरी कृत्रिम वस्तुले स्वाभाविक व्यवहार प्रदर्शन गर्न नसक्ने बताएका छन् । 

उक्त एआई एंकर चाइना डेलीले जनाएअनुसार फेसियल ल्याण्डमार्क लोकलाइजेसन र फेस रिकन्स्ट्रक्सनसँगै निर्माण गरिएको थियो । फोटोजस्तै फेसियल संरचनाहरु बडी टेम्प्लेटमा लगेर एनिमेसन गरिएको बताइएको छ । 

सँगसँगै यसको डिजाइन भने चिनियाँ सर्च इन्जिन कम्पनी सोगाउ डटकमले गरेको हो । रोयटर्सका अनुसार अर्को एउटा पनि एआई एंकर बनाइएको छ जुन साँच्चैका समाचार वाचक क्विउ हाओको नमूनामा छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै