• २०८१ बैशाख ११ मंगलबार

हिमालयन बैंकको मोबाइल बैंकिङ एप सुरु 

kharibot

काठमाडौं । हिमालयन बैंक लिमिटेडले औपचारिक रुपमा आज मंसिर ४ गतेबाट आफ्नो मोबाइल बैंकिङ्ग एप (हाई—एम बि) सुरु गरेको छ । 

बैंकका वरिष्ठ महाप्रबन्धक इजाज कादिर गिलले उक्त मोबाइल एप शुभारम्भ भएको घोषणा गरेका हुन् । हेएर इज योर न्यू बैंक तथा बिग बैंक इन स्मल साइज स्लोगनका साथ शुभारम्भ गरिएको यो मोबाइल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाताबारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने लगायतका सेवा लिन सकिने बताइएको छ ।

त्यस्तै, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिने, हाल हिमालयन बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्ने, विभिन्न विलहरुको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगाएतका अन्य थुप्रै सेवा सुविधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  

मोबाईल एप शुभारम्भ समाहरोहमा बोल्दै बैंकका उप महाप्रबन्धक श्री उज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षाका सम्पुर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आगामी दिनमा आफ्ना ग्राहकहरुका लागी थप नविनतम प्रविधि उपलब्ध गराउदै जाने बताए । बैंकको आईटी विभागका धिरज श्रेष्ठले एपबारे बताएका थिए । 

हिमालयन बैंकको देशभरि ५६ वटा शाखा तथा १०८ वटा एटिएम रहेका छन् । बैंकले असोज मसान्तसम्म रु. १ खर्ब २ अर्ब ४५ करोड बराबरको निक्षेप संकलन गरि रु. ९४ अर्ब २४ करोड बराबरको कर्जा प्रवाह गरेको छ ।

बैंकले चालु आ व को उक्त अवधि सम्ममा रु. ६४ करोड ९६ लाख बराबरको खुद मुनाफा आर्जन गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै