• २०८१ बैशाख १३ बिहीबार

राजपाको अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतो

kharibot

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतो बनेका छन्।  मंगलबार बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले पार्टी संयोजकको जिम्मेवारी महतोलाई दिने निर्णय गरेको हो।  

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरको अध्यक्षतामा बसेको बैठकले महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।

पार्टी गठनदेखि अध्यक्ष मण्डलको संयोजक पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको भन्दै ठाकुरप्रति आभार प्रकट गर्दै महतोलाई जिम्मेवारी दिइएको हो। ‘२०७५ मंसिर ५ गतेदेखि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई पार्टी विधान अनुसार संयोजक पदको दायित्व दिने निर्णय गरेका छौँ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।  

त्यसैगरी बैठकले ६ पार्टीबीच भएको एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक मान्दै त्यसपछि पार्टी संगठनमा भएका सबै प्रकारका नियुक्ति र मनोनयन रद्ध गर्ने निर्णय गरेको  छ । 

पार्टी महाधिवेशनलाई लक्षित गर्दै राजापाले साधारण तथा सक्रिय सदस्य वितरण अभियानको निर्धारित मितिलाई मंसिर मसान्तसम्मको लागि थप गर्ने निर्णय गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै