• २०८१ बैशाख ११ मंगलबार

नेशन्स कपमा पोल्याण्डले पोर्चुगललाई बराबरीमा रोक्यो 

kharibot

काठमाडौँ। युएइएफए नेशन्स कप अन्तर्गत पोल्याण्डले पोर्चुगलाई बराबरीमा रोकेको छ। गएराती भएको खेलमा पोल्याण्ड र पोर्चुगल १-१ गोलको बराबरी खेलेका हुन्। 

पोर्चुगलका लागि आन्द्रे सिल्भाले गोल गरेका थिए भने पोल्याण्डका लागि अर्काडिउजले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए। खेलको ६२औ मिनेटमा पोर्चुगलका डेनिलो पेरिएराले रातो कार्ड पाएपछि पोर्चुगल १० खेलाडीमा सिमित भएको थियो। विश्वकप पछि आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना खेलिरहेको पोर्चुगल पछिल्ला ६ खेलमा अपराजित रहेको छ। 

यो बराबरी पछि पोर्चुगल ४ खेलमा ८ अंकसहित नेशन्स कप्को फाइनल चरणमा पुगेको छ भने पोल्याण्ड नेशन्स कपमा ४ खेलमा २ अंक हासिल गर्दै रेलिगेशनमा परेको छ । यस खेलमा गोल गरेसंगै पोल्याण्ड युरो २०२० को छनौट ड्र का लागि पट १ मा पर्न बहने सफल भएको छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै