• २०८१ बैशाख ११ मंगलबार

मिस वर्ल्डमा यस्ता छन् शृङ्खला खतिवडाका प्रतिष्पर्धी 

kharibot

काठमाडौँ। चिनको सान्यामा भइरहेको मिस वर्ल्डको ६८औँ संस्करणमा यतिखेर नेपालको प्रतिनिधित्व गर्न पुगेकीमिस नेपाल शृङ्खला खतिवडालेनै उपाधि जित्ने अड्कलबाजी गर्न थालिएको छ । अन्तर्राष्ट्रिय स्तरमै समर्थन पाइरहेकी उनी सबैको आँखामा परेकी छिन्। 

विश्वका ११९ राष्ट्रका सुन्दरीहरु सहभागी रहेको यस प्रतियोगीता डिसम्बर ८ का दिन एक जना सर्वोत्कृष्ट प्रतियोगीले पूर्व मिस वर्ल्ड मानुसी चिल्लरको हातबाट विश्व सुन्दरीको ताज पहिरिने छिन् । 

अहिले हेड टु हेड च्यालेन्जको लागी ११९ जना सहभागीलाइ २० वटा समूहमा बाँडिएको छ । नेपालकी शृङखला खतिवडा अर्जेन्टिना, बोस्निया हर्जगोभिना, गुआम र लक्जमबर्ग र मोल्डोभाका सुन्दरीहरुसँग समूह १३ मा परेकी छन् । प्रत्येक समूहमा सबैभन्दा बढि पब्लिक भोट पाउने एक जना प्रतियोगी अर्को चरणमा जानेछन्। 

कस्ता छन् त नेपालसँग एउटै समूहमा परेका अन्य देशका प्रतिस्पर्धिहरु ?

नेपालकी शृङ्खला खतिवडासँग एउटै समूहमा पर्ने २५ वर्षीय मिस अर्जेन्टिना भिक्टोरिया सोटो जर्नालिजमकि विद्यार्थी हुन् । ५ फिट ८ इन्च अग्ली सोटो २०१८ अप्रीलमा मिस अर्जेन्टिना चुनिएकी थिइन् ।

बोस्निया हर्ज गोभिनाकी २० वर्षीय एन्डेला पालेसिक सर्बिया भाषाकी विद्यार्थी हुन् र सोहि भाषाकी अध्यापक बन्ने रहर रहेको बताउछीन् । ६ फुट अग्ली एन्डेला फिल्म एनिमेसन र अभिनयकी पनि शोखिन हुन ।

गुआम की १८ वर्षीय गियान्ना स्गामबुलेरीले सत्र वर्षकै उमेरमा आइल्यास सम्बन्धि आफ्नै व्यवसाय सुरु गरेकी थिइन् ।उनी फुर्सदमा रग्बीको राष्ट्र टोलीसँग प्रशिक्षण लिन्छिन् भने उनको भविष्यमा आफ्नो छुट्टै कस्मेटिक ब्रान्ड बनाउने सपना छ ।

लक्जमबर्गबाट प्रतिनिधित्व गरिरहेकी १८ वर्षीय कासंडा लोपेज मोंटेरियो ६ वटा भाषामा पोख्त छिन् । ५ फिट ४ इन्च अग्लि उनी अहिले हाइस्कुलमा व्यवस्थापनको अध्ययन गर्छिन् ।

त्यसै गरी मोलडोभाकी २१ वर्षीय तामारा जारेटसिया नयाँ अनुभव बटुल्ने शोख राख्छिन् । आफ्नो देशमा बिउटी सलोनको अपरेशनल म्यानेजरको काम गर्ने उनको एम बि ए सम्म अध्ययन गर्ने रहर छ ।

यी सबै प्रतियोगीहरुको फेसबुक पेजहरुलाइ हेर्ने हो भने शृङखला खतिवडा आफ्नो समूहका अन्य प्रतियोगीहरु भन्दा धेरै अघि छिन् । उनको फेसबुक पेज मिस वल्र्ड नेपालले तिन लाख भन्दा बढि लाइक पाइसकेको छ भने उनको समूहका अन्य सुन्दरीहरुको पेजमा केवल केही हजारौँ लाइक छन् । त्यसलै पनि हेड टु हेड च्यालेन्जमा उनले नै सबैभन्दा भोट पाएर टप ३० मा पुग्ने अपेक्षा गरिएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै