काठमाडौँ। मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ। बुधबार बिहान भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेको छ।
अर्जेन्टिनाको जितमा पाउलो डिबाला र माउरो आइकार्डीले एक एक गोल गरेका थिए। विश्वकपपछि आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलिरहेको अर्जेन्टिनाले एक सातामा मेक्सिकोलाई दुई पटक पराजित गरेको छ। अर्जेन्टिनाका लागि पाउलो डिबालाले राष्ट्रिय टिमका लागि १८औ खेलमा पहिलो गोल गरेका छन्। त्यस्तै राष्ट्रिय टिमका लागि आठौ खेल खेलेका माउरो आइकार्डीले पनि राष्ट्रिय टिमका लागि पहिलो गोल गरेका हुन् ।
मेसी बिना ६ खेल खेलेको अर्जेन्टिनाले ४ खेलमा जित हासिल गरेको छ भने एक खेलमा बराबरी र एक खेलमा हर बेहोरेको छ। अर्जेन्टिनाले अघिल्लो महिना ब्राजिलसँग खेलेको खेलमा हार बेहोरेको हो।
अर्जेन्टिनाले अब २०१९ मा कोपा अमेरिका खेल्ने छ। कोपा अमेरिकामा मेसी राष्ट्रिय टिममा फर्किने विश्वास गरीएको छ।