ब्राजिलको जितमा रिचार्लिशनको गोल, नेइमार घाइते 

खरीबोट

काठमाडौँ। मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई पराजित गरेको छ। बुधबार भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई १-० गोल अन्तरले पराजित गरेको हो। 

ब्राजिलको जितमा प्रिमियर लिग क्लब एभर्टनबाट खेल्ने रिचार्लिशनले गोल गरेका थिए। ब्राजिलका कप्तान नेइमार खेलको  ८औ मिनेटमा घाइते भएपछि उनको ठाउमा आएका रिचार्लिशनले खेलको ४५औ मिनेटमा गोल गर्दै ब्राजिललाई जित दिलाएका थिए। 

ब्राजिलका लागि अहिलेसम्म ६ खेल खेलेका रिचार्लिशनले योसहित ३ गोल गरेका छन्। 

नेइमारको इन्जुरी सिरियस नभएको भएपनि पिएसजीलाई भने एम्बाप्पेपछि नेइमारको इन्जुरीले समस्या परेको छ। 

यता ब्राजिलले भने यस बर्ष खेलेका १५ खेलमा १३ खेलमा जित हासिल गरेको छ। जसमा केवल ३ गोल खाएको छ। विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको ब्राजिल अब यस बर्ष कुनै खेल खेल्ने छैन भने २०१९ मा कोपा अमेरिकाबाट खेल सुरु गर्ने छ।   

सम्बन्धित समाचार

गोन्जालो हुगैनद्वारा अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सन्यासको घोषणा  

काठमाडौँ । अर्जेन्टिनाका फरवार्ड गोन्जालो हुगैनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । गत विश्वकपमा अर्जेन्टिनाको असफलतापछि टिममा नपरेका हुगैनले अब आफु अर्जेन्टिनाको लागि छनौटको लागि उपलब्ध नहुने बताउदै सन्यासको घोषणा

चेक रिपब्लिकविरुद्ध ब्राजिल विजयी, जिससले गरे दुई गोल 

काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण खेलमा चेक रिपब्लिकलाई पराजित गरेको छ । गयराती भएको खेलमा ब्राजिलले चेक रिपब्लिकलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा ग्राबियल जिससले २ गोल गरेभने

मेसी बिना मोरक्कोविरुद्ध अर्जेन्टिनाको संघर्षपूर्ण जित 

काठमाडौँ । आफ्ना स्टार खेलाडी लियोनेल मेसी अनुपस्थित रहेको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मोरक्कोविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती भएको खेलमा अर्जेन्टिनाले मोरक्कोलाई १-० गोल अन्तरले पराजित गरको हो । अर्जेन्टिनाको

कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय फुटबल टोली कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा १-० ले पराजित भएको छ । नेपालले खेलको २९औं मिनेटमा पेनाल्टीमा गोल खाएको थियो । नेपालका डिफेन्डर रञ्जित धिमालले


z