• २०८१ बैशाख ६ बिहीबार

ब्राजिलको जितमा रिचार्लिशनको गोल, नेइमार घाइते 

kharibot

काठमाडौँ। मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई पराजित गरेको छ। बुधबार भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले क्यामरुनलाई १-० गोल अन्तरले पराजित गरेको हो। 

ब्राजिलको जितमा प्रिमियर लिग क्लब एभर्टनबाट खेल्ने रिचार्लिशनले गोल गरेका थिए। ब्राजिलका कप्तान नेइमार खेलको  ८औ मिनेटमा घाइते भएपछि उनको ठाउमा आएका रिचार्लिशनले खेलको ४५औ मिनेटमा गोल गर्दै ब्राजिललाई जित दिलाएका थिए। 

ब्राजिलका लागि अहिलेसम्म ६ खेल खेलेका रिचार्लिशनले योसहित ३ गोल गरेका छन्। 

नेइमारको इन्जुरी सिरियस नभएको भएपनि पिएसजीलाई भने एम्बाप्पेपछि नेइमारको इन्जुरीले समस्या परेको छ। 

यता ब्राजिलले भने यस बर्ष खेलेका १५ खेलमा १३ खेलमा जित हासिल गरेको छ। जसमा केवल ३ गोल खाएको छ। विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको ब्राजिल अब यस बर्ष कुनै खेल खेल्ने छैन भने २०१९ मा कोपा अमेरिकाबाट खेल सुरु गर्ने छ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै