• २०८१ बैशाख १३ बिहीबार

विवाहअघि दीपिकाले हटाइन रणवीर कपुरको टाटु  

kharibot

मुम्बई। बलिवुडमा हालै विवाह बन्धनमा बाधिएका अहिलेका चर्चित रणवीर-दीपिकाको जोडी हरेको दिन समाचारमा रहेका छन्। इटालीमा अत्यन्त निजी टावरले विवाह गरेर हाल मुम्बई फर्किएको यो जोडी अहिले आफ्नो विवाहको रिसेप्सन दिनमा व्यस्त रहेको छ। 

यसैबीच दीपिका पदुकोनेले आफ्ना पुर्वप्रेमी रणविर कपुरको टाटु मेटाएको खुलासा भएको छ। बैंगलुरुमा विवाहको रिसेप्सनका लागि पुगेकी दीपिकाको गर्धनमा रहेको रणविर कपुरको टाटु मेटिएको देखेपछि सबै मिडियाको नजर त्यसतर्फ गएको थियो। 

रणबीर सिंहसँग अफ्येर्समा आउनुअघि दीपिका रणविर कपुरसँग रिलेशनसिपमा रहेकी थिइन्। २००७ देखि २००९ सम्म रिलेशनसिपमा रहेका उनीहरुको ब्रेकअप पछि दीपिका डिप्रेशनमा समेत गएकी थिइन्। अफ्येर्सकै बीचमा दीपिकाले रणविर कपुरको नाममा आरके नामको टाटु आफ्नो गर्धनमा बनाएकी थिइन्। दीपिकाले सो टाटु बनाएर रणविर कपुरसँगको आफ्नो प्रेम दर्शाएको सार्वजनिक रुपमै बताएकी थिइन्। 

दुवैको ब्रेक अप पछि पनि दीपिकाले सो टाटु मेटाएकी थिइनन्। तर अहिले रणबीर सिंहसँगको विवाह अघि दीपिकाले सो टाटु मेटाएको देखिएको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै