आकर्षक हिमाल चढ्नको लागि नेपाल नम्बर १ राष्ट्र हो : अध्यक्ष लामा (एनएमए)

खरीबोट

अध्यक्ष लामा, नेपाल पर्वरोहण संघ

पर्वतीय पर्यटनमा काम ४५ वर्ष पहिले जन्मेको संस्था हो नेपाल पर्वरोहण संघ (एनएमए) । नेपालको पर्यटन क्षेत्रको प्रमुख पाटो मानिने सिङ्गो नेपालको हिमाल र हिमाल आरोहीहरुको संस्था पनि हो यो । सगरमाथासम्म पुग्न तालिम लिनका लागि सुरुदेखि नै काम गर्ने मार्ग निर्देशन गर्ने यस संस्थाले पर्वत आरोहणको लागि प्रत्यक्ष रुपमा जनशक्ति निर्माण पनि गरिआएको छ ।

यसले पर्वत आरोहणको लागि सबै किसिमका तालिम दिने काम गर्दछ  भने सगरमाथा चढ्दासम्मको लागि मुख्य सोर्सको काम समेत गर्छ । आजसम्म ४५ वर्षका दौडानमा ३९ वर्षसम्म लगातार वार्षिक रुपमा यसले तालिम दिइरहेको छ । हजारौं व्यक्तिहरु पर्वरोहण पर्यटन क्षेत्रमा सक्षम भएका छन् । यसै सन्दर्भमा हामीले नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्त वीर लामासँग गरेको कुराकानीको सम्पादित अंश : 

पछिल्लो समय के गर्दैछ एनएमए ? 
विश्वभरमा नेपालको पर्यटनको क्षेत्रमा भएको पर्वतारोहणको गतिविधिलाई प्रचारप्रसार गर्ने गरिरहेको छ ।  नेपाल पर्वतारोहण संघ एक मात्र “अल्पाइन क्लब नेपाल”को नेपाल सरकारसँग मिलेर काम गर्ने संस्था हो । नेपाल सरकारले विश्वास गर्ने संस्था हो ।  त्यसकारण संसारको विश्व पर्यटन संघ, महासंघ, एसिया सबैमा सक्रिय सदस्यको रुपमा एनएमएले काम गर्दै आएको छ । हिमाल आरोहणसम्बन्धी नीतिनियमहरुको सन्दर्भमा विश्वसँग संवाद गर्ने, नेपाली पर्यटनको प्रचारप्रसार गर्नेलगायतका काममा व्यस्त छ । 

पर्वतीय पर्यटनमा खासगरी पर्वतारोहणमा पर्यटकको आगमन कस्तो छ ? 
पर्वतारोहणका लागि आउने जम्मा पर्यटकलाई तीन भागमा विभाजन गरिएको छ । लगभग १० लाख पर्यटक भित्रिएको भनिएको छ, त्यो संख्या आआफ्नो क्षेत्रअनुसारको हो । ट्रेकिङको लागि ५ हजार ८ सय मिटरसम्म टे«किङ एसोसिएसनले रुट परमिट उपलब्ध गराउँछ । ५ हजार ८ सयदेखि ६ हजार पाँच सय मिटरसम्म नेपाल पर्वातारोहण संघले परमिट दिने काम गर्छ । यसमा २७ वटा हिमाल पर्दछन् । पिक क्लाइमिङ पर्छ । ६ हजार ५ सयभन्दा माथिको लागि पर्यटन मन्त्रालयले हेर्दछ । कुल पर्वतीय पर्यटनको कुल संख्यामा यसरी तीन भाग लाग्छ । पिक क्लाइमिङको सम्बन्धमा २७ वटा हिमालभित्रको बारेमा हामीलाई नै डाटा दिने हो ।

हाम्रो मुख्य काम भनेको दक्ष जनशक्ति उत्पादन गर्नु हो । पिक क्लाइमिङदेखि सगरमाथा क्लाइमिङसम्म सफल भएका व्यक्तिहरुले ९५ प्रतिशतले एनएमएसँग तालिम लिएका हुन्छन् । वार्षिक रुपमा कति जनशक्ति उत्पादन भए कोही ‘ओनर’ भएर गएका छन् । कोही ‘बिलेनिअर’ भएर गएका छन् । कोही डिजास्टरले गर्दा बित्नुभएको छ । हिमाललाई प्रमोशन गर्न सेफ्टी र सेक्युरिटीको अन्तर्राष्ट्रिय लेभलमा प्रचारप्रसार गर्नु नै मुख्य काम हुन् ।  

पिक क्लाइमिङदेखि सगरमाथा क्लाइमिङसम्म सफल भएका व्यक्तिहरुले ९५ प्रतिशतले एनएमएसँग तालिम लिएका हुन्छन् ।

पछिल्लो समय पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धारको कुरा पनि आएको थियो नि ?
त्यो त हेलीकप्टरबाट उद्धार गर्ने कम्पनीको ओनरलाई सोध्नुपर्ने हुन्छ । कतिसम्म के गर्यो भन्ने कुरा कतिसम्म चार्ज लियोे ? नेपाल सरकार र संघसंस्था मिलेर त्यसको निराकरण भइसकेको छ । जानेर पनि नजानेर पनि गल्ती गरेको देखिन्छ ।  त्यो नेपालमा नै कानुन नभएकाले हो, अब कानुन बनेको छ । पर्यटन क्षेत्रका व्यवसायीहरु छन् । ट्रेकिङ क्षेत्रको २ हजारभन्दा बढी छ । लाइसेन्सको रुपमा परमिट दिने काम मात्र गर्दछ नेपाल पर्वतारोहण संघले । दस्तुरबाट आएको पैसाले व्यवस्थापन हामीले गर्ने हो । प्रचारप्रसार गर्ने हो ।  नेपाल सरकारसँग मिलेर नयाँ गन्तव्य खोल्नलाई सुझाव दिने हो । नेपाल सरकारको प्राथामिकतामा रहेको संस्था पनि भएकोले मिलेर काम गर्नुपर्ने हुन्छ ।  

‘रेस्क्यु फेक’को कुरा पनि राज्यले इज्जत फाल्नुहुँदैन । राम्रो गरेर अगाडि बढ्नुपर्छ र सानो कुरालाई ठूलो बदनाम बनाउन हुँदैन । गलत गर्नेहरुलाई अब गर्नुहुन्न भन्ने बाटोमा लैजाने काम हामी गर्छौं । के–के गर्नुपर्छ भन्ने कुरा पर्यटन ऐनभित्र रहेर गर्नु पर्दछ । कानुनी कुरामा जाने हो । मुद्दामामिलाभन्दा पनि कसरी सहयोग गर्ने, असजिलोमा परेकालाई कसरी उद्धार गर्ने दुर्घटनाबाट कसरी जोगाउने भन्ने कुरामा ध्यान दिन्छौं । 

कस्ता व्यक्तिले तालिम पाउछन् ?
तालिमको लागि पनि इच्छा भएर मात्र जोसुकै आउनसक्दैन । सिस्टम छ वर्षमा ५० जना जति मात्र लिने गरेको छ । विगतदेखि हिमालय पर्यटनमा लागिपरेको व्यक्ति हिमालतिर गइरहने व्यक्ति, त्यही ठाउँमा गरी खान्छु भन्ने व्यक्तिहरुलाई मापदण्ड पुर्याएर एजेन्सीहरुको, संघ÷संस्थाको सिफारिस भएर आएको शारीरिक रुपमा सक्षम छ भने मात्र उसले हिमाल आरोहणको लागि तालिम लिन छानिनसक्छ । विदेशमा जानेको लागि, किसानी गर्नेको लागि सिकाउने नभएर हिमाल चढ्नेको लागि त्यही व्यवसाय गरेर खानेहरुलाई छान्ने गर्दछौं ।  विगतमा पनि हिमालमा पुगिसकेको मान्छेलाई मात्र छान्ने काम पर्वतारोहण संघले गर्दछ । 

पर्वतारोहणको लागि परमिटको व्यवस्थापन कसरी मिलाउनुहुन्छ ? 
पिक हेरे लिने हो एक पटक लिने हो । जति दिन लगाए पनि । फर्केर आइसकेपछि समिट गरेकोलाई सर्टिफिकेट दिने चलन छ । नचढ्नेलाई दिँदैन । त्यो काम पनि नेपाल सरकारकै नीतिअनुसार गर्दै आएको हो । टोलीसँग समूहको हिसाबले पैसा लिने गर्दछ । २ सय, ३ सय, ५ सय डलर एडिसनल (थप) सय डलर । थप्दै जादा बढ्दै जान्छ । परमिटअनुसार नै हुन्छ ।  

पर्यटनका अन्य क्षेत्रहरुसँग तपाईंहरुको सम्बन्ध कस्तो छ ? 
पर्यटनसँग सम्बन्धित सबै क्षेत्रमा नीतिनियम बनाउनेदेखि हरेक ठाउँमा मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, टानलगायत सम्बन्धित यस क्षेत्रमा काम गर्ने संघ÷संस्थाहरु मिलेर छलफल गरेर काम गर्ने हो । एक ठाउँमा भएर कसरी अगाडि जाने कुरामा छलफल हुन्छ ।  

‘रेस्क्यु फेक’को कुरा पनि राज्यले इज्जत फाल्नुहुँदैन । राम्रो गरेर अगाडि बढ्नुपर्छ र सानो कुरालाई ठूलो बदनाम बनाउन हुँदैन ।

सरकारले २०२० लाई पर्यटन वर्ष मनाउने भनेको छ, तपाईंहरुको तयारी कस्तो छ ? 
भिजिट नेपाल २०२० भनेर त्यसमा केमा आकर्षित गरेर मान्छेलाई बोलाउने भन्ने कुराहरु हामीसँग हुन्छ । नेपाल पर्वतारोहण संघको मिडियामार्फत अन्तर्राष्ट्रिय रुपमा एसियाली संघ÷संस्था आईएए, युएएएमा संवाद गर्ने काम गर्दछ । देश विदेशमा प्रचार गर्ने हामीले नेपालको प्याकेजको बारेमा लेख्नुपर्यो भने एकपटक वेबसाइडमा राख्यौँ भने ३० लाख विदेशीले हेर्छ नेपालको बारेमा । यो कुराहरुको लागि हामीले धेरै पैसा खर्च गर्नुपर्दैन ।  

आआफ्नो क्षेत्रले पर्यटक बोलाउने भनेर संघ/संस्थाले मात्र होइन हरेक नेपाली नागरिकले बोलाउन सक्नुपर्छ । विदेशी चिन्नेले त्यसलाई आउन सक्ने आउने बनाउन त्यो मान्छेको जिम्मेवारी हुन्छ ।  हिमाल चढ्ने मात्र पर्यटक होइन । कल्चर टुरिजमको क्षेत्र छ । रिसर्चको कुरा छ ।  पर्यटन क्षेत्रको अध्ययनको कुरा छ । नेपालका संस्कार, इतिहास, कलाकौशल, प्राकृतिक सौन्दर्य हेर्न पर्यटक आउने भएकाले हामीले सोही अनुसार काम गर्नुपर्छ, गरिरहेका पनि छौँ । 

पर्वतारोहणको लागि कस्ता प्रक्रिया अपनाउनुपर्छ ?
आरोहणको लागि पर्यटन विभागमा लिस्ट हुन्छ ।  एउटा त उसको शारीरिक योग्यता हुनुपर्यो । टेक्नोलोजी के छ, सानो हिमाल चढेर मात्र ठूलो चढ्न पाउँछ । पहिला ६ हजारको उचाइ चढ्नुपर्छ सगरमाथा चढ्नको लागि । तालिम लियो कि लिएन, लियो भने कोसँग लियो भन्ने पनि हुन्छ । सडकमा दिएको तालिमले त हुँदैन । पर्वरोहण संघअन्तर्गतले पाएको तालिमहरु पनि त्यसमा जोडेको हुनुपर्दछ । 

पर्यटकहरुले पर्वतारोहण गर्न किन नेपाललाई नै रोज्ने ? 
आकर्षक हिमाल चढ्नको लागि नेपाल नम्बर १ मा रहेको छ । किनकि १४ वटा ८ हजारभन्दा लामो हिमालमध्ये ८ वटा हिमाल भएको धनी देश हो नेपाल । नेपाल गरिब भनेर शब्द उच्चारण गर्ने व्यक्ति नै नेपालको लागि घातक हो । हिमालको क्षेत्रमा नेपाल सबैभन्दा राम्रो छ । नेपालमा पर्यटन क्षेत्रमा लागेका सबैले इमानदारिताको साथ काम गर्नुपर्यो । पर्यटन कसरी बढाउने भन्ने कुरामा ध्यान दिनुपर्दछ । नेपाको टुरिजममा समस्या छ भने कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन्छौं । सबै संघ÷संस्था र मिडिया मिलेर जानुपर्दछ ।  

सम्बन्धित समाचार

पढ्नु मेरो लागि जिज्ञासाको समाधान गर्ने प्रयास हो  : राम लोहनी

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा भाषाशास्त्रको अध्यापन गरिरहेका राम लोहनी एक बौद्धिक चिन्तक एवम् कुशल समीक्षकका रुपमा परिचित छन् | कला, साहित्य, समाज र भाषाक्षेत्रमा केन्द्रित रहेर उनका विचार, समीक्षा र समालोचनाहरू

मसँगै मेरो देश चिनिने अवसर पायो : उमा बादी

काठमाडौं । विकासोन्मुख देश नेपालको अविकसित ठाउँ हो सुदूरपश्चिम । झन् त्यहाँको एक समुदाय जसलाई समाजले राम्रो दृष्टिले हेर्दैन, त्यही समुदायकी एक महिला हुन् उमा बादी । उनैलाई प्रसिद्ध अन्तर्राष्ट्रिय

एड्स अब मृत्युको पर्याय रहेन, न्यून क्षतिका लागि धेरै उपचार विधि आइसक्यो : डा. शाक्य

विगत एक दशकयता निरन्तर रुपमा एचआईभी तथा एड्स नियन्त्रण कार्यक्रमका कारण नेपालसहित विश्वभर एचआईभी संक्रमण र एड्सबाट हुने मृत्यु घटेका तथ्याङ्कहरु सार्वजनिक भइरहेको छ । हरेक डिसेम्बर महिनाको पहिलो दिन

'किताब नपढी गतिलो लेखक हुन सम्भव छैन'

२०७४ सालमा पहिलो उपन्यास पैताला’ सार्वजनिक भएपछि लेखक गनेस पौडेल रोचक विषयवस्तु र पृथक् शैलीका कारण समीक्षक तथा पाठकहरूबीच लोकप्रिय बन्न पुगे । लामो समयदेखि अखबारी लेखनमा समेत आबद्ध रहँदै


z