• २०८१ बैशाख १३ बिहीबार

ग्लोबल आइएमई बैंक र वयोधा अस्पतालबीच सम्झौता

kharibot

काठमाडौं । ग्लोबल आइएमई बैंक र बयोधा अस्पताल बीच सम्झौता भएको छ ।

अस्पतालले प्रदानगर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा दुुबै संस्थाका प्रमुखहरुले हस्ताक्षर गरेकाहुुन । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

सम्भौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक– सञ्चालन उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख विन्द्र ढकालले हस्ताक्षर गरेकाछन ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्नखाले योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौता पश्चात बयोधा अस्पताल, बल्खुमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट ,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा सात प्रतिशत सम्मछुट पाउने छन् ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले एक सय ३२ वटा शाखा, एक सय ४० वटा एटिएम , छ वटा एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, एक सय चार वटा शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर तीन प्रतिनिधि÷सम्र्पक कार्यालयमाफर्त आफ्ना नौ लाख ५० हजार भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै