• २०८१ बैशाख १३ बिहीबार

हुसेनका परिवारलाई सरकारले १० लाख दिने

kharibot

काठमाडौँ। सुनसरी दुहबीमा मारिएका फिदा हुसेनका परिवारलाई सरकारले राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । अज्ञात व्यक्तिको गोली प्रहारबाट हुसेनको बुधबार बिहान हत्या भएको थियो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै मृतक हुसेनका छोरालाई सरकारकोतर्फबाट रोजगारी उपलब्ध गराउने बताए । 

घटनाको छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलमा पुगी अध्ययन शुरु गरिसकेको जानकारी दिँदै उहाँले दोषी पत्ता लगाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री बाँस्कोटाले मृतक हुसेनका परिवारले उठाएका मागलाई सरकारले सम्बोधन गरेको जानकारी पनि दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै