• २०८१ बैशाख १४ शुक्रबार

पृथ्वीले निल्दै छ खर्बौँ टन पानी ! किन ? यस्तो छ वैज्ञानिक कारण 

kharibot

वैज्ञानिकहरुले अथाह परिमाणको पृथ्वीको सतहको पानी आफ्नो भित्री भागमा सोसिरहेको खुलासा गरेका छन् ।

ठूला समुद्रमुनिका पृथ्वीका भित्री भागमा रहेका टेक्टोनिक प्लेटहरु एकआपसमा टकराव हुँदा १० खर्बभन्दा बढी टनको परिमाणमा पानी पृथ्वीको भित्री भागमा गइरहेको वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

भित्रीभागमा हुने टेक्टोनिक गतिविधि (जुन भूगर्भशास्त्रको एक सिद्धान्त पनि हो)कै कारण यसो भएको हो । र, यस्तो प्रक्रिया कहिले समाप्त हुन्छ यसै भन्न नसकिने उनीहरुको भनाइ छ । 

समुद्रको पिँधमा सेस्मोग्राफहरु प्रयोग गरी गरिएको नयाँ एक अध्ययनअनुसार पृथ्वीका भित्रीभागका टेक्टोनिक प्लेटहरु चलायमान हुँदा बन्ने गहिराइ ठाउँमा तीनपटकभन्दा धेरैपटक पानी सोसिनपुगेको हो । 

हरेक १० लाख वर्षमा ३ बिलियन टेराग्राम (१ टेराग्राम बराबर बिलियन किलोग्राम) पानी यसरी सोसिने गरेको अध्ययन लाइभ साइन्स रिपोर्टसमा प्रकाशित गरिएको छ । वासिङटन युनिभर्सिटीका अध्ययनको नेतृत्व गरेका चेन काईका अनुसार त्यस्ता सब्डक्सन जोन (गहिराइमा बन्ने खाली भाग)ले कति परिमाणमा पानी सोस्ने भन्ने एकीन छैन ।

जर्नल नेचरमा प्रकाशित नयाँ अध्ययनमा अध्येताहरुले पश्चिम प्यासिफिक ओसनको मारियाना ट्रेन्च (मारियाना टापुको २०० किमि पूर्वतर्फ रहेको विश्वकै गहिरो प्राकृतिक विन्दु हो, जुन अर्धगोलाकारमा रहेको छ भने यो २५ सय ५० किमि लामो र ६९ किमि फराकिलो रहेको छ)को १९ वटा प्यासिभ सेस्मोग्राफबाट संकलित वर्षौँ पुरानो आवाजबाट निकालिएको डाटा प्रयोग गरी यस्तो तथ्य पत्ता लगाइएको हो ।  

वासिङटन युनिभर्सिटीका अध्ययनको नेतृत्व गरेका चेन काईका अनुसार त्यस्ता सब्डक्सन जोन (गहिराइमा बन्ने खाली भाग)ले कति परिमाणमा पानी सोस्ने भन्ने एकीन छैन ।

उनीहरुले सातवटा टापुमा आधारित सेस्मोग्राफहरुका डाटाको पनि अध्ययन गरेका थिए । यसले कसरी प्यासिफिक प्लेटहरु ट्रेन्चमा समाहित हुन्छन् भन्नेबारे विस्तृत जानकारी दिनुका साथै चट्टानहरुले कसरी सतहमुनि पानी सोस्छन् भन्नेबारे थप खुलासा भएको थियो । यस्तो तथ्यसँगै कैयौँ माइल गहिराइभित्र सतहको पानी गइरहेको छ, जुन यसअघि कल्पनासम्म गरिएको थिएन ।

पृथ्वीको पानीको अवस्थाको चक्रमा त्यस्ता सब्डक्सन जोनहरुको महत्वपूर्ण भूमिकालाई अध्ययनले जोड दिएको छ ।   अध्ययन टोलीका अनुसार अति दबाब र तापक्रमको अवस्थाले गर्दा पानी चट्टानभित्र पुगेको हो । प्लेटहरु क्रस्ट र यसमाथिको म्यान्टलमा टक्रिनपुग्दा यस्तो अवस्था आएको हो ।

यद्यपि सब्डक्टिंग प्लेटले पानी राख्न सक्छ भन्ने थाहा भए पनि अध्येताहरुले समेत यति धेरै परिमाणमा पानी कसरी पृथ्वीको भित्री भागमा पुग्छ भन्नेबारे जानकारी थिएन ।

एक भूगर्भशास्त्रीका अनुसार ६० माइलभन्दा तल त्यतिका परिमाणमा पानी पुगेको विश्वास गरिएको छ । मारियाना ट्रेन्चमा समुद्रको पिँधभन्दा २० माइल तल यसरी पानी गएको मानिएको छ । त्यसरी गएको पानी चट्टानमा थुनिनपुगेको छ ।

तर त्यसरी गएको पानी कसरी कस्तो अवस्थामा रहन्छ भन्नेबारे भने वैज्ञानिकहरु नै अनभिज्ञ रहेका छन् । तैपनि कतिपयको सोचाइ भने त्यसरी गएका पानी ज्वालामुखी लगायतका प्राकृतिक घटनाको कारण बाहिर आएर पृथ्वीको वायुमण्डलमा वाष्पीकरणद्वारा समाहित हुन्छन् । 

तर नयाँ अनुमान के पनि छ भने त्यसरी पृथ्वीको भित्री भागमा तानिएका असंख्य परिमाणका पानी बाहिर आउनै सक्दैनन् । ज्वालामुखी लगायतका घटनाबाट आउने भन्ने कुरा अनिश्चित रहेको नयाँ अनुमान गरिन्छ । 

  • नोट : यो समाचार डेल मेल, अन्य विभिन्न अनलाइनहरुको आधारमा नेपालीमा भावानुवाद गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै