• २०८१ बैशाख १४ शुक्रबार

बर्जर पेन्ट्सको 'बर्जर मोबाइल एप' र बर्जर स्पेसेस आइडिया २०१८ को शुभारम्भ 

kharibot

काठमाडौँ। बर्जर जेन्सन् एण्ड निकल्सन (नेपाल) प्रा.लि, सन् २००० देखि नै नेपालमा सजावट सम्बन्धी रङ्गहरुको उत्पादक रहँदै आएको छ र यस कम्पनीले एक समारोह बीच आफ्नो अन्तरक्रियात्मक मोबाइल एपको शुभारम्भ मिस नेपाल युनिभर्स २०१८ तथा बर्जर मिस ग्ल्यामर मनिता देवकोटा र मिस नेपाल इन्टरनेशनल रोनाली अमात्यको हातबाट संयुक्त रुपमा गरेको छ । यसका साथै स्पेसेस पत्रिकासँग संयुक्त रुपमा मिलेर बर्जर स्पेस इन्टेरियर डिजाइन एक्सीलेन्स अवार्ड २०१८ को पनि शुभारम्भ भएको घोषणा गरेको छ ।

बर्जर मोबाइल एप एण्ड्रोइड प्रयोग गर्ने सबैले प्ले स्टोरमा सजिलै प्राप्त गर्ने सक्नेछन्, जसबाट उनीहरुले भविष्य कति रंगीनमय एवं आकर्षणपूर्ण हुन सक्नेछ भनेर हेर्न सक्नेछन् । यसैगरी, आइडिया नेपालमा संचालन हुने एकमात्र राष्ट्रिय स्तरको इन्टेरियर डिजाइन प्रतियोगिता हो । यसमा इन्टेरियर डिजाइन र आर्किटेक्चरका विद्यार्थीहरु र यस क्षेत्रलाई कर्मथलो बनाइरहेका पेशाकर्मीहरुले समेत सजिलै सहभागीता जनाउन सक्नेछन् ।

बर्जर मोबाइल एपमा एउटा पेन्ट एपमा हुनैपपर्ने ती सबै नयाँ विशेषताहरु अद्यावधिक गरिएका छन् जसले एप चलाउनेलाई भरपूर सुविधा प्रदान गर्दछ । यसले हामीले आन्तरिक र बाह्य रुपमा पेन्ट गर्दा हामलिाई पर्न आउने आवश्यक लागत खर्च, रँग र उत्पादन सबैका बारेमा जानकारी प्रदान गर्नेछ ।  यसले प्रयोगकर्ताहरुलाई बर्जर पेन्टको संग्रहालयमा उपलब्ध भएका सबै पेन्टहरु र कलर सेडहरुका बारेमा तपाईंलाई सबै विवरण उपलब्ध गराउनेछ र यसमा भर्चुअल पेन्टर समेत समाविष्ट छ ।  यो भर्चुअल पेन्टर बर्जर मोबाइल एपमा भएको एक खास विशेषता हो, जसले तपाईंलाई तपाईंको आन्तरिक र बाहिरी भागको लागि कुन रँग उपयुक्त हुन्छ भनेर चयन गर्न सहज बनाउँछ, जसको लागि तपाईंले मनपरेको रङ्ग छानेर डिफल्ट टेम्पलेटमा कलर गरेर हेर्न सक्नु हुन्छ । यसका साथै तपाईंले आफ्नो घर या कोठाको फोटो खिचेर त्यसलाई एपमा राखि पेन्ट गरेर आफूले छानेको रङ्ग लगाएपछि आफ्नो घर या कोठाको स्वरुप कस्तो देखिन्छ भनेर पनि जाँच गर्न सक्नु हुन्छ ।

इन्टेरियर डिजाइन एक कला हो जसले कुनै पनि स्थानलाई बस्नयोग्य, आनन्ददायक र उपयोगीतापूर्ण बनाइदिन्छ । यी लक्षणहरुले नेपालमा यसको महत्वका बारेमा विशेष अर्थ छ भन्ने जनाउँदछ । शताब्दी पहिले यो विलासीतापूर्ण र सीमित समाजका लागि मात्र हो भन्ने गरिन्थ्यो । तथापि, अहिले यो जीवनको एक हिस्सा र जिउनुको एक कला बनिसकेको छ । विद्यार्थीहरु र व्यवसायीहरु जो इन्टेरियर डिजाइन प्रति समर्पित छन् उनीहरुको सिर्जनशीलताको कदर गर्न र नेपालमा इन्टेरियर डिजाइनको बिर्सिएको गहनतम पक्षको उजागर गर्न, यो प्रतियोगिताको आयोजना गरिएको छ । बर्जर र स्पेसेस पत्रिका संयुक्त रुपमा विद्यार्थीहरु र व्यवसायीहरुकोसिर्जनशीलताको कदर गर्न र उनीहरुलाई अन्यको जिन्दगीमा आफ्नो सिर्जनात्मक डिजाइनबाट प्रभावित बनाउने कार्यमा प्रोत्साहित गर्न अग्रसर भएको छ । यसर्थ, बर्जर स्पेसेस इन्टेरियर डिजाइन एक्सीलेन्स अवार्ड सिर्जनशील मनहरुको सम्मानमा आफ्नो स्थान बनाउँदैछ । 

बर्जर मोबाइल एप र बर्जर स्पेसेस आइडिया २०१८ दुवैको औपचारिक शुभारम्भ भृकुटीमण्डप, काठमाडौंका आयोजित भवन र निर्माण एक्स्पोको दौरानमा यही २०७५ मंसिर ७ गते गरिएको छ । यो एप प्रयोगकर्ताहरु  र विद्यार्थीहरुका लागि आफ्नो सिर्जनशीलताको सम्मान पाउने एक सही प्लेटफर्म हुनेछ । प्रतियोगितामा सहभागी बन्नुले पनि उनीहरुलाई प्रचलनमा रहेको परम्पराको बारेमा सचेत हुन र प्रतिस्पर्धी बन्न समेत प्रोत्साहन प्राप्त हुनेछ । सधैं जसरी, बर्जर पेन्ट्सले आफ्ना नवीनतम उत्पादनहरुका साथसाथै उत्साहबद्र्धक उपभोक्ता योजनाहरुमार्फत् आफ्ना उपभोक्ताहरुलाई निरन्तर अचम्भित र सुखद अनुभूति प्रदान गर्दै आइरहेको छ । बर्जर आफ्ना विविधतापूर्ण डिजाइनर पेन्टहरुमार्फत् जीवन रँगीन बनाउन थप उत्साह प्रदान गर्ने कार्यमा अग्र स्थानमा रहँदै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै