• २०८१ बैशाख ११ मंगलबार

फिल्म ‘सुश्री सम्पत्ति’ को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ। सुव्रत आचार्य निर्देशित फिल्म ‘सुश्री सम्पत्ति’ को ट्रेलर सार्वजनिक भएको छ । मंसिर २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको ट्रेलरमा दुई युवाको धनाड्य सुश्रीलाई प्रेममा फसाएर सम्पति कमाउन गर्ने संघर्ष देखाइएको छ । 
 
अभिनेता द्वय सलोन बस्नेत र विनोद पौडेल बढी हाबी रहेओ ट्रेलरमा भने मुख्यअभिनेत्री सारा सिर्पालीलाई कप देखाइएको छ । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारहरुको अभिनय छ । 
 
यसमा अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । 
 
अभिमन्यू 'निरवी' र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । 'हुकुम बक्सियोस्...' बोलको गीतका कारण चर्चामा रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै