• २०८१ बैशाख ८ शनिबार

गजल 

kharibot

भित्ताको तस्बिरले बयान भन्यो      
गरीबका हुदैनन् भगवान भन्यो

छोराले दश कक्षा पास गरेपछि
बा म पनि जान्छु मुग्लान भन्यो 

धोका पाएमा मदिरा पिउँनु पर्ने 
डाक्टरले मलाई समाधान भन्यो 

बिहे गरेपछि छोराले आमा संग 
छुट्टै बस्छु ठूलो भयो जहान भन्यो 

छ सन्तान जन्माएको शिक्षकले     
दुई सन्तान इश्ववरको वरदान भन्यो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै