• २०८१ बैशाख ७ शुक्रबार

कपिलवस्तुमा स्थानीय युवा नेताको गोली हानी हत्या 

kharibot

कपिलवस्तु। शुक्रबार राति तीन जनाको समूहले शुद्धोधन गाउँपालिका वडा नम्बर–४, मोतीभारीका स्थानीय युवा नेता ३० वर्षीय दीपेन्द्रकुमार चौधरी(राजाबाबु) को गोली हानी हत्या गरेको छ ।

३ जनाको समूहमा आएको व्यक्तिहरुले हानेको गोली टाउकोमा लागि गम्भीर घाइते हुनुभएका उहाँको उपचारका लागि भैरहवा लैँजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतक चौधरी गएको प्रदेशसभा चुनावमा कपिलवस्तु निर्वाचन नं. १ ख बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार थिए । 

प्रहरीले गोली हान्ने व्यक्तिहरुको पहिचान गरेको जनाएको छ ।  प्रारम्भिक अनुसन्धानका क्रममा २ जनालाई नियन्त्रणमा लिइएको र गोली हान्ने व्यक्तिको पहिचान भइसकेको भन्दै घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै