रिलिज अघि बलिवुड फिल्म २.० ले कमायो ३७० करोड  

खरीबोट

मुम्बई । यस बर्षको सर्वाधिक प्रतिक्षीत बलिवुड फिल्म २.० ले रिलिज अघि नै ३७० करोड भारतीय रुपैया कमाई गरेको छ। ५ सय करोडको लागतमा बनेको यो फिल्मलाई यस बर्षको सर्वाधिक प्रतिक्षारत फिल्म भनिएको छ।

हालै रिलिज गरिएको ट्रेलरपछि फिल्मको झन् कौतुहलता बढेको छ। पहिलो पटक रजनीकान्त र अक्षयकुमारसँगै अभिनय गरेको यस फिल्मले सेटेलाइट अधिकार र डिजिटल अधिकार बेचेर सो कमाई गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

फिल्मले रिलिजको पहिलो दिनतामिलनाडुमा मात्र ८५ करोड न्युनतम व्यापार गर्ने अनुमान गरिएको छ। 

भारतीय फिल्ममध्ये अहिलेसम्मकै महँगो फिल्म २.० २०१० मा आएको रजनीकान्तको फिल्म रोबोटको अर्को भाग हो। यस फिल्मलाई लगभग ६८ सय स्क्रिनमा रिलिज गर्न लागिएको छ। यहि नोभेम्बर २९ मा रिलिज हुने यस फिल्मको हिन्दी भर्सनको निर्माण करन जोहरले गरेका छन्। 

सम्बन्धित समाचार

बाहुबलीले गर्दा दबाब बढ्यो, कयौ रात सुत्न सकिन – प्रभास 

मुम्बई । बहुबाली फेम अभिनेता प्रभास दुई बर्षपछि नयाँ फिल्म 'साहो' को रिलिजको तयारीमा रहेका छन् । अहिले प्रचारमा व्यस्त रहेका प्रभास साहोमा श्रद्धा कपुरसँग काम गरेका गरेका छन् ।

माफी मागेपछि मीका सिंहको प्रतिबन्ध हट्यो

मुम्बई । चर्चित गायक मीका सिंहलाई बलिवुडमा काम गर्न प्रतिबन्ध हटाइएको छ । मीका सिंहले केहिदिन अघि पाकिस्तानमा पर्फर्मेन्स दिएको भन्दै अल इंडिया सिने वोर्कर एसोसियसनले मीकाविरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको

सलमानको दबंग-३ को रिलिज मिति घोषणा, चार भाषामा हुदै छ रिलिज

मुम्बई । बलिवुडका दबंग खान सलमान खानकोदबंग सिरिजको तेस्रो फिल्मको रिलिज मिति घोषणा गरिएको छ । दबंग-३ को रिलिज आगामी डिसेम्बर २० मा हुने सलमान आफैले घोषणा गरेका छन् । दबंग-३ हिन्दीका

ज्याक्लिन र साजिद फेरी नजिकिए !

मुम्बई । बलिवुडमा एक समयका चर्चित जोडी अभिनेत्री ज्याक्लिन फर्नानडीज र निर्देशक साजिद खान फेरी एक भएका छन् । मुम्बई मिररका अनुसार ब्रेकअप पछि टाढिएको यो जोडी पछिल्लो केहि समयदेखि फेरी


z