• २०८१ बैशाख १२ बुधबार

रिलिज अघि बलिवुड फिल्म २.० ले कमायो ३७० करोड  

kharibot

मुम्बई । यस बर्षको सर्वाधिक प्रतिक्षीत बलिवुड फिल्म २.० ले रिलिज अघि नै ३७० करोड भारतीय रुपैया कमाई गरेको छ। ५ सय करोडको लागतमा बनेको यो फिल्मलाई यस बर्षको सर्वाधिक प्रतिक्षारत फिल्म भनिएको छ।

हालै रिलिज गरिएको ट्रेलरपछि फिल्मको झन् कौतुहलता बढेको छ। पहिलो पटक रजनीकान्त र अक्षयकुमारसँगै अभिनय गरेको यस फिल्मले सेटेलाइट अधिकार र डिजिटल अधिकार बेचेर सो कमाई गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

फिल्मले रिलिजको पहिलो दिनतामिलनाडुमा मात्र ८५ करोड न्युनतम व्यापार गर्ने अनुमान गरिएको छ। 

भारतीय फिल्ममध्ये अहिलेसम्मकै महँगो फिल्म २.० २०१० मा आएको रजनीकान्तको फिल्म रोबोटको अर्को भाग हो। यस फिल्मलाई लगभग ६८ सय स्क्रिनमा रिलिज गर्न लागिएको छ। यहि नोभेम्बर २९ मा रिलिज हुने यस फिल्मको हिन्दी भर्सनको निर्माण करन जोहरले गरेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै