• २०८१ बैशाख १४ शुक्रबार

वाटफोर्डविरुद्ध लिभरपुलको शानदार जित, लिगको दोस्रो स्थानमा कायमै  

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले आफ्नो जितको सिलसिला कायम राखेको छ। गएराती भएको खेलमा लिभरपुलले वाटफोर्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ। 

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा दोस्रो हाफमा लिभरपुलले ३ गोल गरेको थियो। लिभरपुलका लागि मोहमद सलाह, रोबर्टो फिर्मिनो र एलेक्जेन्डर आर्नोल्डले एक एक गोल गरेका थिए। खेलको ८२औ मिनेटमा लिभरपुलका कप्तान समत रहेका जाभियर हर्नान्डेजले दोहोरो पहेलो कार्ड पाएपछि मैदान छोड्दा लिभरपुल १० खेलाडीमा सिमित भएको थियो। 

यो जितसँगै लिभरपुल यस सिजनका सुरुका १३ खेलमा अपराजित गरेको छ।  लिभरपुलले १३ खेलमा ३३ अंक हासिल गर्दै लिगमा दोस्रो स्थानमा रहेको छ।  लिभरपुल शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा २ अंकले मात्र पछाडी रहेको छ। त्यस्तै वाटफोर्ड भने १३ खेलमा २० अंकसहित लिगको नवौ स्थानमा रहेको छ। 

अब लिभरपुलले आगामी बुधबार च्याम्पियन्स लिग अन्तर्गत पिएसजीविरुद्ध खेल्दै छ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै