• २०८१ बैशाख १२ बुधबार

युभेन्टसको जितमा रोनाल्डो र मोंडुजीकको गोल 

kharibot

काठमाडौँ। इटालियन सिरी ए मा युभेन्टसको जितको सिलसिला जारि रहेको छ। गएराती भएको खेलमा युभेन्टसले स्पाल क्लबलाई २-० गोल अन्तरले पराजित गरेको छ।  युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र मारियो मोंडुजीकले एक एक गोल गरेका थिए। 

रोनाल्डोले खेलको २८औ मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए भने मोंडुजीकले खेलको ६०औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए। रोनाल्डोको युभेन्टसका लागि सिरी ए मा यो नवौ गोल हो। 

जितसँगै युभेन्टसले १३ खेलमा २७ अंक बटुल्दै लिगको शिर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको नापोलीभन्दा  अंकले अगाडी रहेको छ। यस सिजनमा खेलेका १३ खेलमा युभेन्टसले १२ मा जित र एक बराबरी खेल्दै अपराजित रहेको छ। 

युभेन्टसले अब च्याम्पियन्स लिग अन्तर्गत बुधबार स्पेनिस क्लब भलेन्सियासँग खेल्ने छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै