• २०८१ बैशाख १३ बिहीबार

विष्णुकुमारको नयाँ लोकदोहोरी गीत आर्यघाटैमा सार्वजनिक (भिडियोसहित)

kharibot

काठमाडौं । गीत संगीतको उर्वरभूमि स्याङ्जाको चापाकोट नगरपालिका ४ ज्याग्दी दार्सिङ्गका नब गायक विष्णु कुमार गिरीले नयाँ मार्मिक लोकदोहोरी गीत सार्वजनिक गरेका छन् । साङ्गीतिक क्षेत्रमा प्रवेश गरेको  छोटो समयमै आफूलाई यस क्षेत्रमा अब्बल बनाउने क्रममा नयाँ गीत बजारमा ल्याएका हुन् ।

यस गगीतमा गायिका पूर्णकला बीसी र गायक विष्णु कुमार गिरीको स्वर रहेको छ भने शब्द गिरी आफँैको हो । लय तथा एरेन्ज अग्रज गायक तथा सर्जक गौरव गिरीले गरेका छन् भने  भिडियोमा मुख्य अभिनय विष्णु कुमार गिरी र साया भण्डारीले गरेका छन् । गीतमा अन्य धेरै कलाकारहरुले साथ दिएका छन् । 

भिडियोमा आफ्नो श्रीमानको मृत्यु हुदा सबैका श्रीमती पिडामा हुन्छ्न अझै कलिलो उमेरमै आफ्नो श्रीमानको मृत्यु हुदा श्रीमतीलाई कस्तो हुन्छ भन्ने पीडामा आधारित धार्मिक र हाम्रो सस्कृतिप्रतिको विश्वासलाई निरन्तरता दिनुपर्छ भन्ने भावलाई जोड दिइएको छ ।

हिजोआजको माया प्रेमले पुराना कुरालाई रुढीबादी भन्ने चलनको विरुद्धमा बनेको गीतको बोल आर्यघाटैमा रहेको छ। गिरीको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै