विश्वकै ठूलो च्याउ नेपालीद्वारा पोर्चुगलमा सार्वजनिक 

खरीबोट

लिस्बन। विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ । 

चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिस्बनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका हुन् । 

पोर्चुगलका राष्ट्रिय सञ्चार माध्यममा कार्यरत तीन दर्जन बढी पत्रकारको विशेष उपस्थितिमा सापकोटाले च्याउको सार्वजनिक गर्दै उक्त च्याउ पाँच वर्षयताकै विश्वमै सबैभन्दा ठूलो भएको दावी गरे । 

सो अवसरमा सापकोटाले च्याउको प्रकृति, स्वाद, विश्व बजारमा यसको महत्व लगायतको विषयमा जानकारी दिनुभएको थियो । सो च्याउको तौल एक किलो १५३ ग्राम रहेको छ । विश्वमै इटाली र क्रोएसियामा मात्र पाइने उक्त प्रजातिको ह्वाइट ट्रफल च्याउ विश्व बजारमा लाखौँ मूल्यमा खरीद बिक्री हुने गर्दछ । विश्व बजारमा अत्यधिक मूल्य पर्ने भएकाले यसलाई ‘ह्वाइट डायमण्ड्य’ भनेर पनि चिनिन्छ । 

खरीद मूल्य सार्वजनिक नगरिएको भएपनि तौल र यसको बजार मूल्यका आधारमा सर्वाधिक महङ्गो मूल्यको ठूलो च्याउ पोर्चुगल भित्र्याउने सापकोटा अहिलेसम्मकै दोश्रो व्यक्ति बनेका छन् । यसअघि सन् २०१६ मा एक पोर्चुगिज नागरिकले ६१८ ग्रामको ट्रफल च्याउ ३० हजार युरो अर्थात् करीब रु ३८ लाख नेपालीमा पहिलोपटक पोर्चुगल भित्र्याएका थिए । 

गत साता मात्रै इटालीमा भएको लिलाम बिक्रीमा ८८० ग्रामको सोही प्रजातिको च्याउ हङ्कङका एक नागरिकले ८५ हजार युरो अर्थात् करीब रु एक करोड १० लाख नेपालीमा खरीद गरि हङ्कङ लगेका थिए । सो प्रजातिको च्याउ इटालीमा हरेक वर्ष नोभेम्बर ११ मा लिलाम बिक्री हुने गर्दछ । 

जहाँ विश्वभरका च्याउसँग सम्बन्धित ठूला व्यापारीहरु सो प्रजातिको च्याउ खरीद गर्न इटाली पूग्ने गर्दछन् । यस्तै प्रजातिका सानो–सानो कमसल प्रकृतिको च्याउको बजार मूल्य भने गत वर्ष चार हजार ५०० युरोे अर्थात् झण्डै रु छ लाख नेपालीप्रति किलो रहेको थियो । यो प्रजातिको धेरै तौल भएको च्याउ विश्व बजारमा दूर्लभ र बहूमूल्य मानिन्छ । 

खरीद मूल्य सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा सापकोटाले च्याउ अमूल्य भएको प्रतिक्रिया दिनुभयो । सापकोटाले च्याउको खरिद मूल्यभन्दा पनि विश्वकै ठूलो च्याउ प्राप्ति नै आफ्नो लागि सौभाग्य भएको बताए । बचतमध्येको हिस्साबाट लगानी गरेर च्याउ खरीद गर्न सफल भएको उनको भनाइ थियो । 

उनले भने, “विश्वमा यो च्याउको आफ्नै महत्व र मूल्य छ । यो च्याउ प्राप्त गर्न सक्नु मेरो व्यवसायीक जीवन कै सबैभन्दा ऐतिहासिक र खुशीको क्षण हो ।” यस्तो दूर्लभ प्रजातिको च्याउ प्राप्तिले अहिले सम्मकै सबैभन्दा ठूलो उपलब्धी हात पारेको अनुभूति भएको उनले बताए । सर्वाधिक महंगो र ठूलो च्याउ आफ्नो कब्जामा पार्न सफल हुँदै गर्दा एउटा नेपाली भएको नाताले नेपाल र नेपालीको गौरव बढेको महशुस भएको सापकोटाले बताए । 

मान्छेले फलाउन र खोज्नसमेत नसक्ने उक्त प्रजातिको च्याउ विशेष तालीम प्राप्त कुकुरबाट खोज्ने गरिन्छ । यो एक प्रकारको च्याउका रुपमा परिचित ‘ह्वाइट ट्रफल’ गिट्ठा जस्तै जमीनमुनि फल्ने ढुसीजन्य खाद्य वनस्पती हो । 

यसलाई इटालीयन खानामा मिसाएर विशेष परिकारका साथमा खाने प्रचलन छ । खानामा विशेष सुगन्ध र स्वादका रुपमा प्रयोग गरिने उक्त च्याउलाई पानीले पखालेर नपाइकन खानाको परिकारमाथि खुर्केर हाल्ने गरिन्छ । विश्वमै सर्वाधिक महंगो खानाको परिकारका रुपमा यसलाई लिने गरिन्छ । 

यसैबीच सापकोटा इटालीमा सम्मानित हुनुभएको छ । च्याउसम्बन्धी खानाको प्रचार प्रसारमा विशेष योगदान पू¥याएको भन्दै विश्वभरका २० जनामध्ये पोर्चुगलबाट सापकोटालाई सम्मान गरिएको हो । सापकोटा च्याउ खानासम्बन्धी पोर्चुगलका लागि ब्राण्ड एम्बेस्डरसमेत नियुक्त हुन सफल भएका छन् । 

सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालीयन र दुई नेपाली गरि पाँच ठूला रेष्टुरा सञ्चालनमा रहेका छन् । सापकोटाले सञ्चालन गरेका र्फोनो दी ओरो रेष्टुरा विश्वकै उत्कृष्ट २० पिज्जा बनाउने रेष्टुरामध्येको एक हो । जहाँ सुनको चुल्होमा खाना पकाइन्छ । संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को) ले सापकोटाले सञ्चालन गरेका दुई वटा पिज्जा रेस्टुरालाई पिज्जा बनाउने (अद्धितिय सांस्कृतिक र खानपानको परम्परा) कलालाई विश्व सम्पदामा समेत समावेश गरेको छ । सापकोटा बिगत २० वर्षदेखि पोर्चुगल बस्दै आएका छन् ।

सम्बन्धित समाचार

राप्रपा जनताको घर दैलोमा जान्छ -  प्रवास विभाग प्रमुख खडका

दाेलखा। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खडकाले राप्रपाले सनातन मूल्य मान्यता सहित सर्वधर्म समभावकाे हिन्दुराष्ट्र,सवैलाई मान्य हुने राजसंस्थाकाे स्थापना र वर्तमान अराजकता,वेथितिविरूद्ध आम्दोलनकाे भिषण आधिबेहरी

अमेरिकामाथि दबाब दिन आप्रवासीले सुरु गरे भोक हड्ताल

तिजुआना, मेक्सिको। दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन् ।  “हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन

प्रवासी नेपालीको मताधिकार र राप्रपाको पहल 

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रवासकाे मुद्दालाई जिम्मेवार ढंगले उठाउदै अाएकाे छ। विश्वकाे करिव २५ देशहरूमा संगठित याे पार्टीका सवै तह र तप्काले प्रवासमा रहेका नेपाली हरूकाे हक हितकाे साथै अागामि

प्रवासमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन राप्रपाको ज्ञापनपत्र

काठमाडौ । रोजगारीको सिलसिला, व्यापार व्यवसाय, अध्ययन तथा विभिन्न कामको लागि विदेशमा रहेका नेपालीहरुलाई नेपालको हरेक निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास


z