• २०८१ बैशाख १४ शुक्रबार

पुनःनिर्माणमा बैंक तथा वित्तीय संस्थाको अहिलेसम्म दुई अर्ब लगानी

kharibot

फाइल तस्बीर

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई रु दुई अर्ब १७ करोड बराबरको कर्जा उपलब्ध गराएका छन् । 

पीडितलाई बढीमा दुई प्रतिशत ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न सरकारले दिएको निर्देशनअनुसार उक्त परिमाणको लगानी भएको हो । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको चालू आर्थिक वर्षको तीन महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा त्यस्तो कर्जा लिनेको सङ्ख्या एक हजार २७४ रहेको उल्लेख गरिएको छ । 

बैंक तथा वित्तीय संस्थालाई शून्य ब्याजदरमा पुनःकर्जा सुविधा उपलब्ध गराउने व्यवस्थाअन्तर्गत गत असोज मसान्तसम्ममा रु दुई अर्ब १७ करोड ऋण दिइएको हो । यस्तै सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या नौ हजार ५६३ जना रहेको छ । सो योजनाअन्तर्गत रु १४ अर्ब १२ करोड कर्जा बक्यौता रहेको छ भने रु ६७ करोड ९२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

पुर्नकर्जा उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुर्नकर्जाको उपयोग समीक्षा अवधिमा बढेको बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा बैंकको रु १८ अर्ब पाँच करोड पुर्नकर्जा लगानी भएको छ । 
यस्तै अन्तर–बैंक कारोबार आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा वाणिज्य बैंकले रु तीन खर्ब ३६ अर्ब ८७ करोड र अन्य वित्तीय संस्थाले रु ३२ अर्ब ४४ करोडको अन्तर–बैंक कारोवार गरेका छन् । 

अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकले रु दुई खर्ब दुई अर्ब ४० करोड बराबरको कारोवार गरेको थियो । यस्तै ९१ दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर १ दशमलव १८ प्रतिशत रहेकामा गत असोज मसान्तमा १ दशमलव ७७ प्रतिशत पुगेको छ । वाणिज्य बैंकबीचको अन्तर–बैंक कारोवारको भारित औसत ब्याजदर चालू आवमा १ दशमलव ८६ प्रतिशत पुगेको छ । यस्तै गत असोज मसान्तसम्म १६४ बैंक तथा वित्तीय संस्था गाभिने प्रक्रियामा सामेल भएका छन् । तीमध्ये १२२ संस्थाको इजाजत खारेज भई ४२ संस्था कायम छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै