• २०८१ बैशाख ११ मंगलबार

एलजीले ल्याउँदै छ १६ वटा क्यामरा भएको स्मार्टफोन ! 

kharibot

तस्बिर : TechPP

सामसुंगले भर्खरै मात्र ४ वटा रियर क्यामरा भएको स्मार्टफोन सामसुंग ग्यालेक्सी ए९ लन्च गरेको थियो ।

धेरै कम्पनीले अहिले ३ रियर क्यामरावाला स्मार्टफोन ल्याउनथालेका छन् तर अब बजारमा १६ लेन्सयुक्त स्मार्टफोन आउनलागेको कुराले भने सबैलाई चकित पारेको छ ।

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी एलजीले यूएसपीटीओ अर्थात् संयुक्त राज्य अमेरिका पेटेन्ट र ट्रेडमार्क कार्यालयबाट उक्त बहुलेन्सयुक्त क्यामरा सिष्टम भएको स्मार्टफोनको पेटेन्ट स्वीकृत गरेको छ । 

यद्यपि एलजी कम्पनीले यसबारे आधिकारिक धारणा दिएको भने छैन । १६ लेन्सयुक्त क्यामरा फोन कहिले लन्च हुन्छ भन्नेचाहिँ सबैको प्रतीक्षाको विषय बनेको छ । लेट्सगोडिजिटलको एक रिपोर्टअनुसार उच्च गुणस्तरीय तस्बिरको लागि १६ लेन्सयुक्त क्यामरा चाँडै लन्च हुन सक्नेछ । 

उक्त १६ वटै लेन्सबाट एकैपटक तस्बिर खिच्न मिल्ने आशा गरिएको छ । यसमा खासगरी भिन्नै फोकल लेन्थसँग फोटो खिच्न पाइनेछ । १६ लेन्स क्यामरा सिस्टमसँगै निश्चित रुपमा वाइड फोकल लेन्थ अप्सन पनि हुनेछ जसले पोट्रेट शट लिन सकिनेछ । त्यस्तै खिचेका तस्बिर आवश्यकताअनुसार इडिट समेत गर्न सकिनेछ । 

क्यामरा सिष्टममा वाइड एंगल, फिशआई, टेलिफोटो र म्याक्रो शट पनि लिन सकिने अनुमान गरिएको छ । अहिलेसम्म सामसुंग ग्यालेक्सी ए९ विश्वकै पहिलो चार लेन्सवाला क्यामरा सिस्टम भएको स्मार्टफोन हो । त्यस्तै नोकियाले पनि ५ लेन्सयुक्त क्यामरा सिष्टम भएको स्मार्टफोन ल्याउने तयारी गरेको पनि बताइन्छ । 

  • एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै