• २०८१ बैशाख १२ बुधबार

कनम्याक २०१८ मा केशका ३० मेसिन बुकिङ

kharibot

काठमाडौं । भारतको कन्फेरेड़ेसन अफ इंडिया इन्डष्ट्री (सिआइआइ) ले पहिलो पटक कनम्याक २०१८ नेपाल भक्तपुरको खुल्ला चौरमा गरेको छ । उक्त कनम्याक २०१८ मा १५० स्टलहरु रहेकाथिए । सो कनम्याकमा केश कन्ट्रक्सनको सहभागीता रहेको थियो । 

कनम्याकको मुख्य गेटमै रहेको स्टलमा कम्पनीले मोटर ग्रेडर, कम्प्याक्टर, ब्याक्हो लोडर प्रर्दशनीमा राखेको थियो । ब्राजिलमा उत्पादित केश मोटर ग्रेडर मुख्य आर्कषणको रुपमा रहेको थियो भने भारतको मध्यप्रदेशको पितम्पुरमा उत्पादित केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डि भाइबे्रसन रोलर र ४५० डि एक्स मिनि रोलरको प्रर्दशनी गरिएको थियो ।

तिन दिनको कनम्याक २०१८ मा करिव एक हजार दर्शकले अवलोकन गरेका थिए भने ३० वटा मेसिन बुकिङ्ग भएको थियो । उक्त प्रर्दशनीमा मेसिन खरिद गर्ने ग्राहकको लागि उपहारको व्यवस्था गरिएको थियो । केश मोटर ग्रेडर खरिदमा ब्राजिल भ्रमण, केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डि भाइबे्रसन रोलरमा टिभिएस अपाचे बाइक सितैमा र ४५० डिएक्स मिनि रोलरमा थाइल्याण्डको भ्रमण रहेको थियो । 

विगत दश वर्षदेखि ‘विकासको सारथी’ भन्ने नारासहित हेभि इक्युपमेण्ट बिक्री वितरण गर्दै आएको जगदम्बा कन्ट्रक्सन एण्ड सोलुसनले देशभर १४ भन्दाबढी स्थानबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले मोटर ग्रेडर, कम्प्याक्टर, ब्याक्हो लोडर, स्किड स्टिर लगायतको हेवी इक्युप्मेन्टको बिक्री वितरण, सर्भिस, स्पेयर पार्टस तथा बिक्रीपछिका सम्पूर्ण सेवा र मर्मत सम्भार सुविधा प्रदान गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै