• २०८१ बैशाख ६ बिहीबार

चलचित्र रणबीरको फस्ट लुक्स रिलिज 

kharibot

काठमाडौं । आगामी १८ माघबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘रणबीर’  निर्माण अन्तिम चरणमा पुगेको छ । चलचित्रको प्रदर्शन मिति ६८ दिन बाँकी रहँदा निर्माण पक्षले फस्ट लुक्स रिलिज गरेको छ । 

अभिनेता शुशिल सिटौलको चरित्रलाई केन्द्रित गरेर फिल्मको फस्ट लुक्सको रुपमा नेपाली र अँग्रेजी टाईटलमा उनको एकल फोटो युक्त २ पोष्टर सोमबार सार्वजनिक गरिएको हो ।

अभिनेता शुशिलले यो फिल्मको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए । करिब नौ महिना नियमित जिम गरेर आफुले तौलसँगै शारीरिक सुगठन समेत यही फिल्मको लागि बनाएको पनि शुशिलले बताए । 

यो चलचित्रलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । निर्माता रेग्मीका अनुसार फस्ट लुक्सकै शुशिलको ‘क्यारेक्टर पोष्टर’ सार्वजनिक गरिएको हो । आफुहरुले १८ माघमा रिलिजको समय गत असारमा लिएर प्रचारमा उत्रिएकाले यो फिल्म सोही मितिमा आउने अर्की निर्माता गोमा बिष्टले बताएकी छिन् ।

यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन् ।

यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन् । शुशिल सिटौलासँगै यो फिल्ममा, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजालसहितको अभिनय छ ।

चलचित्र रणबीर करिब दुई करोडको लगानीमा निर्माण भएको यसका निर्माता दीपेन्द्रले जानकारी गराए ।चलचित्रको दुई ओटा गीतबाहेक बाँकी सबै छायाँकन सम्पन्न भएको छ । बाँकी रहेको दुई गीत १५ मँसिरबाट छायाँकन गरिने पनि उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै