• २०८१ बैशाख १३ बिहीबार

युपीएफ सम्मेलनको प्रमुख अामन्त्रक पुर्वप्रधानमन्त्री नेपाल 

kharibot

काठमाडौं । क्रिसियन धर्म प्रचारमा संलग्न रहँदै अाएकाे युनिभर्सल पिस फेडरेसन (युपीएफ) ले आयोजना गर्न लागेको  ‘द एसिया प्यासिफिक समिट २०१८’ को प्रमुख अमन्त्रकमा पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल रहेका छन् ।

युपिएफले बाडेको निमन्त्रणा कार्डमा नेता नेपाल प्रमुख अामन्त्रक रहेका छन्। सोमबार कार्यक्रमका बारेमा गरिएको पत्रकार सम्मेलनमा नेता नेपालले युपीएफले गर्न लागेको सम्मेलनमा सरकार सह-आयोजक नभएर ‘सपोर्टर’ मात्र रहेको बताएका छन् ।

तर अाफ्नाे सम्मेलनमा नेपाल सरकारलार्इ सह-अायाेजकका रुपमा राखेकाेप्रति चाैर्फी अालाेचना र विराेध भएपनि कार्डमा पनि नेपाल सरकार र संसदकाे लाेगाे भने यथावत रहेकाे छ ।  विरोधपछि युपीएफले सच्याएको भन्दै नेपाल सरकार सह-अायाेजक नभर्इ सपाेर्टर मात्र रहेकाे भनी अाफ्नाे निमन्त्रणा कार्ड पुनर्वितरण गरे पनि नेपाल सरकार र संसदको लोगो भने यथावतरुपमा प्रयोग गरिएको पाइएको छ।  

करिब २० करोड रुपैयाँ खर्चेर गर्न लागिएकाे उक्त कार्यक्रमकाे यही नाेभेम्बर ३० बाट काठमाडाैँमा अायाेजना हुन लागेकाे छ। साे सम्मेलनमा २० करोड रुपैयाँ खर्च लाग्ने पूर्वमन्त्री तथा युपीएफ-नेपालका अध्यक्ष एकनाथ ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए । साे खर्च युपीएफको अमेरिकास्थित हेड क्वार्टरले व्यहाेर्ने ढकालले दाबी गरे तापनि सम्मेलनकै लागि भनेर नेपाल सरकारसँग ३१ करोड माग गरेको खुल्न अाएकाे छ ।

नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले सम्मेलनमा विश्वका ४५ देशबाट १५ सय हाराहारीमा प्रतिनिधि उपस्थित हुने समेत जानकारी दिए । तीमध्ये ५०० ‘अति विशिष्ट’ पाहुना हुने उनकाे भनाइ थियाे ।

हाेटल हयातमा ४ दिनसम्म चल्ने सम्मेलनमा शान्ति, विकास, सुशासन तथा अन्तर-धार्मिक संगठनकाे भूमिकाका साथै जलवायु परिवर्तन लगायत विषयमा छलफल हुने जनाइएकाे छ । सम्मेलनकै लागि हायातमा करिव ३६ सयजना अट्ने अस्थायी सम्मेलन हल निर्माण गरिएको छ ।

सम्मेलनकाे अन्तिम दिन पारिवारिक मेलमिलाप र विवाह, वैवाहिक प्रतिबद्धता लगायत विषयमा ‘फादर मुन’काे सिद्धान्तमा अाधारित प्रवचन समेत दिइने जनाइएकाे छ ।

यही सम्मेलनका क्रममा युनिफिकेशन चर्चकाे नेतृत्व गरिरहेकी युपीएफका संस्थापक नेता सन म्याेंग मुन (फादर मुन)की श्रीमती  डा‍. हाक जा हानलाई ‘जिससकी एक मात्र सच्चा छाेरी’ घाेषणा गर्ने कार्यक्रम समेत रहेकाे स्राेतले जनाएकाे छ । यद्यपि उनकाे नाम भने गाेप्य राखिएकाे छ । सम्मेलनका लागि उनी नेपाल अाउँदैछिन् ।

यस सम्मेलनमा म्यानमारकी विदेशमन्त्री आङ सान सूचीसहित चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ नेपाल आउने बताइएको छ । ती मुलुकका बहालवाला र पूर्व पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख) सहित विभिन्न संघसंस्थाका प्रतिनिधि आउने बताइए पनि आयोजकले कसैको नाम भने अहिलेसम्म खुलाएका छैनन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कम्बोडियाको प्रधानमन्त्री सेनले नेपालको औपचारिक भ्रमण गर्ने बताएका थिए। जापान जानुअघि पत्रकार सम्मेलनमा ज्ञवालीले सरकार समेतको आयोजनामा हुने अन्तराष्ट्रिय कार्यक्रममा हुन सेन सहभागी रहने जनाएका थिए।

त्यसबेला ज्ञवालीले त्यो अन्तर्राष्ट्रिय कार्यक्रम नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) को आयोजनामा हुने बताएका थिए। तर उक्त कार्यक्रम आईक्यापको मात्र नभएको खुलेको छ। त्यसमा युनिभर्सल पिस फेडरेसन (यूपीएफ) र त्यससँग सम्बन्धित एक भारतीय संस्था पनि सहभागी हुनेछ।

सम्मेलनलाई स्वीकार्य बनाउन आईक्यापलाई सहभागी गराइएको छ । यो संस्थामा विश्वका धेरै मुलुकका राजनीतिक पार्टी सदस्य छन्। तर सम्मेलनमा कोरियाली संस्था यूपीएफ सहभागी हुनुले आशंका उब्जाएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै