• २०८१ बैशाख ६ बिहीबार

‘इन्साइट ल्याण्डर’ मंगलग्रहमा सफल अवतरण, मंगलग्रहको रहस्य बाहिर ल्याउने विश्वास 

kharibot

काठमाडौँ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान ‘इन्साइट ल्याण्डर’ मंगलग्रहमा सफल अवतरण भएको छ । अन्तरिक्षयानले मंगल ग्रहको जमिन र आन्तरिक भागबारे अध्ययन गर्ने नासाले बताइएको छ । 

यो यानले मंगल ग्रहको अवस्थाबारे जानकारीसँगै त्यहाँको तस्बिर पठाउने वैज्ञानिकले बताएका छन् । यो यानको सहयोगले वर्षौं पुरानो तथ्य तथा जानकारी पाइने अनुमान गरिएको छ । 

बिबिसीका अनुसार मंगल ग्रहमा पठाइएको यो यान अवतरण हुनका लागि सात मिनेटको समय लगाएको थियो । यही अवधिमा यसले पृथ्वीमा त्यहाँकोबारे सन्देश पठाइरहेको थियो ।  यो यान एलिसिया प्लानिसियन नामको मैदानमा सफल अवतरण भएको थियो । जुन मंगलग्रहको भूमध्यरेखा नजिक पर्छ । वैज्ञानिकहरु त्यहाँ वरपरका जानकारी र तस्बिरका लागि पर्खिरहेका छन् । यसबारे केही समयपछि सबै जानकारी आउने सम्भावना रहेको वैज्ञानिकहरुले जानकारी दिएका छन् । 

इन्साइट मंगलग्रहको बारेमा यस्तो जानकारी दिनसक्छ जुन अरबौँ वर्षदेखि थाहा छैन । आफ्नो अभियानको समयमा यो यानले मंगलग्रहमा एउटा साइज्मोमिटर राख्छ । यसले मंगल ग्रहमा हुने हलचलको बारेमा रेकर्ड गर्न सक्छ । 

यो पहिलो यान हो, जसले मंगलग्रहको बारेमा रहस्यमय जानकारी जुटाउन सक्छ । साथै एक जर्मन उपकरणले पनि मंगलग्रहको जमिनको पाँच मिटर तलसम्म गएर यहाँको तापमान पत्ता लगाउन सक्छ । ग्रहको यो तापमानबाट मंगल ग्रह अहिले कत्तिको सक्रिय छ भन्ने पत्ता लगाउन सकिन्छ । 

यसको अर्को प्रयोगमा रेडियो ट्रान्समिसनको प्रयोग गरिन्छ जसबाट यो ग्रह कसरी घुम्छ भन्ने पत्ता लगाउन सकिन्छ । यो अभियानमा लागेका वैज्ञानिक सुजेन स्म्रेकर भन्छन् ‘एउटा नयसिनेको अण्डा र एउटा उसिनेको अण्डालाई घुमाउँदा फरक–फरक तरिकाले घुम्छ किनकी एउटामा तरल र अर्कोमा ठोस पदार्थ हुन्छ । हामीलाई यो थाहा छैन की मंगल ग्रहको भित्र ठोस छ या तरल । साथै यसको भित्री भाग कति ठूलो छ भन्ने पनि थाहा छैन । इन्साइटले हामीलाई यही कुराको जानकारी दिन्छ ।’  

मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो ।

मानवरहीत यो अन्तरिक्ष यान करिब सात महिना पहिले प्रक्षेपण गरिएको थियो । पृथ्वीको सबैभन्दा नजिकको यो ग्रहमा पदार्पण गर्ने नासाको यो पहिलो प्रयत्न सफल हुनेमा उनीहरु आशावादी छन् । सन् २०१२ मा क्युरिओसिटी रोभर बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको हो ।

यसअघि मङ्गलग्रहमा पुग्न ४३ भन्दा बढी पटक प्रयत्न गरिएको थियो । विश्वका अन्य मुलुकबाट गरिएका प्रयत्न समेत असफल भएका थिए ।

नासाले तयार गरेको नयाँ रोभरले मात्र पछिल्लो सफलता हासिल गरेको हो । यो अभियानले सन् २०३० को दशकमा मानवलाई मङ्गलग्रहमा पठाउने मार्गप्रशस्त गर्ने नासाका वैज्ञानिकहरुको अपेक्षा छ ।

नासाका एकजना प्रबन्धक थोमस जुर्बुचेनले आफूहरुले मङ्गलग्रहको यात्रालाई सामान्य रुपमा कहिल्यै नलिएको बताउँदै यो साँच्चिकै कठिन यात्रा भएको बताए ।

मङ्गलग्रहको कक्षमा प्रवेश गर्ने, ओर्लन थाल्ने र अवतरण गर्ने चरणको सम्पूर्ण नियन्त्रण क्यानिफोर्नियास्थित पासाडेनाको जेट प्रपोल्सन लबोरटरीबाट भैरहेको छ ।

बन्दुकको गोलीभन्दा तिब्र गति अर्थात् १९ हजार ८०० किलोमिटर प्रतिघण्टाको बेगमा रहने यो यानलाई मङ्गलग्रहको वातावरण छिचोल्न निकै कठिन हुने वैज्ञानिकहरुको अनुमान गरेका थिए । वायुमण्डलसँगको घर्षणका कारण यानको बाहिरी तापमान करिब एक हजार ५०० डिग्री सेल्सियस पुग्नेछ, र रेडियो सङ्केत समेत केही समय अबरुद्ध हुनेछ ।

भुईंतिर तिब्र गतिमा रहने यो यान जमिनको सतहमा पुग्ने बेलामा गति नियन्त्रणमा आउदै करिब ३६५ किलोग्रामको यो यानको गति जमिन सतहमा पुग्दा ८ किलोमिटर प्रतिघण्टामा हुने नासाले जानकारी दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै