• २०८१ बैशाख १३ बिहीबार

कैलालीमा बस दुर्घटना, २५ घाइते

kharibot

धनगढी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ । दुर्घटनाबाट पुलमा क्षति पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै