• २०८१ बैशाख १२ बुधबार

'छक्का पन्जा २' को नाइनलको साडी युट्युबमा एक करोड पटक हेरियो 

kharibot

काठमाडौँ ।  दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म 'छक्का पन्जा २' को ‘नाइनलको साडी’ बोलको गीतको भिडियोले युट्युबमा एक करोड पटक हेरिएको छ । संगीतकार अल्मोडा उप्रेतीलाई यो गीतको संगीत चोरेको आरोप लागेर विवादमा तानिएको यो गीतले मंगलवार बिहान १ करोड बढी भ्यू पाएका हो । 

यसअघि दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माणमा बनेको फिल्ममा समावेश 'पूर्व पश्चिम रेल' र 'सुर्के थैली'ले पनि युट्युबमा करोड भ्यू पाएका छन् । ‘नाइनलको साडी’लाई दीपकराज गिरी र प्रिन्सले संयुक्त रूपमा लेखेका हुन् भने संगीत प्रिन्स नेपाली र स्वर्गीय कान्छा मगर नेपालीले दिएका हुन्। 

अल्मोडा राना उप्रेती र सुजाता बर्माको स्वर रहेको गीतमा स्वस्तिमासँगै वर्षा राउत, केदार घिमिरे, जितु नेपाल र स्वरूपपुरुष ढकालले अभिनय गरेका छन्। 

आगामी असोज ११ गतेबाट गएको वर्षको सुपरहिट फिल्म 'छक्का पन्जा'को सिक्वेल 'छक्का पन्जा २' प्रदर्शनमा आउँदैछ । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै