• २०८१ बैशाख ७ शुक्रबार

अपर तामाकोशी हाइड्रोपावरको शेयर बाँडफाँट

kharibot

काठमाडौँ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडकोे सामूहिक लगानी कोष र सर्वसाधारणको लागि खुला गरिएको शेयरको लागि आवेदन प्राप्त भई बाँडफाँट गरिएको छ। 

नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व तथा सन्राइज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित अपर तामाकोशी हाइड्रोपावर लिमिटेडकोे प्रति शेयर रु.१००।— अङ्कित दरको सामूहिक लगानी कोषलाई छुट्याइएको ७,९४,२५० कित्ता समेत गरी १,५८,८५,००० कित्ता साधारण शेयर कार्तिक १५ देखि कार्तिक १९ गते सम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १० सामूहिक लगानी कोषका १३ वटा योजनाहरुबाट ७,९४,२५० कित्ता शेयरको बाँडफाँट गरिएको हो। 

३,३९,७७५ जना सर्वसाधारणहरुबाट शेयरको लागि आवेदन प्राप्त भएकोमा प्रशोधन पश्चात उक्त आवेदकहरु मध्ये सिआस्वा मार्फत एक भन्दा बढी दरखास्त फाराम बुझाएको १,०३२ थान आवेदन र प्रथम तथा दोश्रो चरणको ऋणदिने संस्थाका कर्मचारीहरु, कर्मचारी संचयकोषका कर्मचारीहरु, संस्थागत संस्थाका कर्मचारीहरु तथा स्थानिय दोलखा बासिन्दाहरुबाट पुन आवेदन दिएका ४,६८१ थान गरी जम्मा ५,७०० (१३ वटा दुवै तर्फ) थान आवेदकहरुको १२,९८,९५० कित्ता बाँडफाँटमा समावेश नगर्ने गरी रितपूर्वक आवेदन दिनु हुने ३,३४,०७५ जना आवेदकहरुबाट ६,४६,१८,८४३ कित्ता शेयरको लागि प्राप्त आवेदनहरु शेयर निष्काशन तथा बिक्री बन्द भएको २२औ दिन मंगलबारका दिन ५० कित्ता देखि १००० कित्ता सम्म आवेदन दिने आवेदकहरुको ६,४६,१८,८४३ कित्ता शेयरको लागि न्युनतम ४० कित्ता शेयरका दरले जम्मा १,३३,६३,००० कित्ता शेयर बांडफांट गरिएको छ । 

बाँडफाँट गरी बाँकी रहेको १७,२७,७५० कित्ता शेयरका लागि पुन ३,३४,०७५ जना आवेदकहरु मध्येबाट गोलाप्रथाद्धारा १० कित्ताका दरले कुल १,७२,७७५ जना सफल आवेदकहरु छनौट गरी बाँकी १७,२७,७५० शेयर सहित १,५०,९०,७५० कित्ता शेयर निष्काशन कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र नियमन निकायहरुको प्रतिनिधिको उपस्थितिमा शेयर बाँडफाँड कार्य सम्पन्न भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै