• २०८१ बैशाख ८ शनिबार

युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा, रोनाल्डोको बन्यो नयाँ रेकर्ड 

kharibot

काठमाडौँ। युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। गएराति भएको खेलमा भलेन्सियालाई १-० गोल अन्तरले पराजित गर्दै युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा पगेको हो।

युभेन्टसको जितमा क्रोसियाका स्ट्राइकर मारियो मोंड़ूजीकले खेलको एक मात्र गोल गरेका थिए। क्रिस्टियानो रोनाल्डोको पासमा मोंड़ूजीकले गोल गरेका थिए। 

युभेन्टस अन्तिम १६ मा पुगे पनि समुह विजेता भने अझै बनिसकेको छैन। समुहमा अन्तिम खेल खेल्न बाँकी रहेकाले समुह विजेताको टुंगो भने अन्तिम खेल पछि मात्र लाग्ने भएको हो। ५ खेलमा युभेन्टसको १२ अंक छ भने म्यानचेस्टर युनाइटेडको ५ खेलमा १० अंक रहेको छ। अब यस समुहबाट युभेन्टस र युनाइटेड अन्तिम १६ मा पुगेपनि अन्तिम खेलले समुहको पहिलो र दोस्रो टिमको टुंगो लगाउने छ।

समुहको अन्तिम खेलमा युनाइटेडले भलेन्सियासँग खेल्ने छ भने युभेन्टसले योङ्ग ब्वायेजसँग खेल्ने छ। 

यो सँगै युभेन्टस आफ्नो १६औ च्याम्पियन्स लिगमा १२ पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा ठाउ बनाउन सफल भएको छ। त्यस्तै क्रिस्टियानो रोनाल्डोले आफ्नो च्याम्पियन्स लिगको १५७औ खेलमा सयौ जित हासिल गरेका छन्। च्याम्पियन्स लिगको इतिहासमा सयौ खेलमा जित हासिल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै