• २०८१ बैशाख ७ शुक्रबार

दार्चुलामा इन्भेष्टमेन्ट बैंकको शाखा 

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सुदूरपश्चिम जिल्ला दार्चुलामा शाखा विस्तार गरेको छ । प्रदेश नं. ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा आफ्नो ७८औं शाखा विस्तार गरेको हो । 

सदरमुकामबाट १९ किलोमिटरको दूरीमा रहेको अतिविकट क्षेत्र दुहु गाविसमा ११ हजार जनसंख्या बसोबास गर्छन् । तिङ्कार सडकखण्ड अन्तर्गत दुहुका स्थानीयको मुख्य पेशा जडीबुटी हो ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ साथै विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई रु ४ अर्ब ११ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. एक मात्र बैंक रहेको छ । 
नौ लाखभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को १०७ वटा एटिएम पुगेको छ । बैंकको संजालमा भिसा तथा एनपिएन सदस्य बैंकका १,००० बढी एटिएम रहेका छन भने ३ हजार बढी पस टर्मिनल जडान भइसकेका छन् । बैंकको ८ वटा एक्स्टेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्र छन ।
यूरोमनि अवार्ड–उत्कृष्ट बैंक नेपाल– २०१८ जितेको बैंकले पाँच पटकसम्म बैंक अफ द इयर अवार्ड प्राप्त गरिसकेकोे छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै