• २०८१ बैशाख ७ शुक्रबार

चितवन टाइगर्सद्वारा इल्याण्डका क्रिकेटर जोन सिम्सन अनुबन्ध  

kharibot

काठमाडौँ। यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन/तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका छन् ।  

चितवन टाइगर्सले इल्याण्डका क्रिकेटर जोहन सिम्सनलाई अनुबन्ध गरेको छ। देब्रे हाते विकेटकिपर ब्याट्सम्यान सिम्सन यसअघि लंकसायरबाट खेलिसकेका छन् भने हाल मिडलसेक्सका विकेटकिपर हुन् । इङल्याण्ड अन्डर १९ बाट समेत खेलिसकेका ३० बर्षिय सिम्सन मान्याता प्राप्त ९४ टी-२० क्रिकेट खेल  खेलेको अनुभव रहेको छ। यसअघि चितवनले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई क्लबमा भित्र्याएको थियो ।

नेपाली राष्ट्रिय टिमका  दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्समा दिलीपनाथ, पृथु बास्कोटा, भीम सार्की, सन्दीप सुनार, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहब आलम जस्ता खेलाडी रहेका छन्। चितवनले  खेलेका सुनाम गौतम र योगेन्द्र सिंह कार्कीलाई  रिलिज गर्दै इशान पाण्डे, आदील खान र सागर ढकाललाई भित्राएको छ।   

पुस ७ गते समापन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै