• २०८१ बैशाख ११ मंगलबार

फोहरै फोहोरको बीचमा कलैया उपमहानगरपालिका

kharibot

बारा। बाराको कलैया उपमहानगरपालिकामा फोहर ब्यवस्थपन मुख्य चिन्ताको विषय बनेको छ । केहि समय यता उपमहानगरपालिकाले कलैया बजार लगायत आफ्ना नगर भित्रको फोहर संकलन गर्न नसक्दा यहाँ फोहर ब्यवस्थापन मुख्य चिन्ताको विषय बनेको हो । 

जिल्ला कै पहिलो नगरपालिकाको रुपमा सदरमुकाम कलैया उपमहानगरपालिका बनेपनि यहाँको फोहर ब्यवस्थापन हुँन नसक्दा कलैयाबासीले समस्या खेप्नु परेको छ । 

नगरको सडक छेउमा फालिएको फोहर र पानी निकासाको लागि बनाईएको नालामा फोहर जमे पछि यहाँका स्थानीयहरु दुर्गन्ध र रोगको सिकार हुँन बाध्य भएको स्थानीय गेनालाल श्रेष्ठले बताए । उनले फोहरबाट भएको समस्याको बारेमा नगरपालिकालाई पटक–पटक जानकारी गराउँदा पनि कुँनै किसिमको चाँसो नदिएको आरोप लगाए । 

यता स्थानीय तहको निर्वाचन पश्चात वडा अध्यक्षहरुले आ–आफ्नों वडाको फोहर संकलन आँफै गर्ने भनि गरेको निर्णय कार्यान्वयन नहुँदा यस उपमहानगरपालिकाको फोहर व्यवस्थापनमा मुख्य चुनौतिको विषय बनेको नकलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले बताए । 

निर्वाचन पहिले ठेक्कामा लगाएर हुँदै आएको कलैयाको सरसफाई जननिर्वाचित प्रतिनिधीहरुले आँफै गर्ने भने पनि समय दिन नसक्दा सरसफाईको काम प्रभावकारी हुँन नसकेको कलैया उपमहानगरपालिकाका नगरप्रमुख यादवको भनाई छ । 

उनले जननिर्वाचित प्रतिनिधीले गर्दा प्रभावकारी हुँन्छ की भन्ने उद्देश्यले दिए पनि त्यो संतोष जनक नदेखिएको र केहि समय मैं सरसफाईका लागि डेन्डर आहवान गर्ने बताए । 

हाल २७ वटा वडा रहेको यस उपमहानगरपालिकाको कुल जनसंख्या लगभग ८७ हजार रहेको छ । नयाँ संरचना हुँन पूर्व जिल्ला कै पहिलो नगरपालिका रहेको यस स्थानीय तहमा विकासको कामले पनि खासै गति लिन नसकेको यहाँका स्थानीयहरुको गुनाँसो छ ।

बागमती सरसफाई अभियान चलिरहेका बेलामा पनि यहाँका नजप्रतिनिधीहरुले बेवास्ता गरेकै कारण कलैया उपमहानगरपालिका अहिले दुर्गन्धित बन्न पुगेको छ । 

अहिले काठमाण्डौं बासीहरु एक जुट भएर जसरी बागमती सरसफाई अभियानमा लागेका छन् , त्यसैगरी यहाँका जनप्रतिनिधी र स्थानीयहरु चेतनशिल भएर कलैयालाई सफा र स्वच्छ नगरको रुपमा बिकास गर्नु पर्ने आवश्यक देखिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै