• २०८१ बैशाख ८ शनिबार

वाइडबडी बारे लेखा समितिले माग्यो सार्वजनिक खरीद तथा अनुगमन कार्यालयको राय 

kharibot

काठमाडौँ। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले खरीद गरेको वाइड बडी विमान खरीद गर्दा सार्वजनिक खरीद प्रक्रिया उल्लङ्घन गरे÷नगरेको विषयमा १० दिनभित्र राय दिन सार्वजनिक खरीद तथा अनुगमन कार्यालयलाई निर्देशन दिएको छ । 

समितिको बुधबारको बैठकमा उक्त कार्यालयका सचिव मधुप्रसाद रेग्मीबाट विमान खरीद प्रक्रियाका सम्बन्धमा आवश्यक जानकारी लिएपछि समितिले १० दिनभित्र लिखित राय पेश गर्न निर्देशन दिएको हो । एक हजार घण्टा उडान भरेको उक्त विमान खरीद गर्दा सार्वजनिक खरीद प्रक्रिया उल्लङ्घन भए-नभएकोसहित समितिमा उठेका प्रश्नको सम्बोधन हुने गरी प्रतिवेदन दिन समितिले निर्देशन दिएको छ । 

उक्त विमान खरीदमा अनियमितता भएको हुन सक्ने आशङ्का भएपछि संसदीय समितिले आ–आफ्नो कार्यक्षेत्रभित्र रहेर सरोकारवालासँग आवश्यक जानकारी लिँदै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै