• २०८१ बैशाख १३ बिहीबार

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा, मेसीले बनाए यस्तो रेकर्ड  

kharibot

काठमाडौँ। बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। गएराती भएको खेलमा पिएसभीलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना समुह बि मा शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको हो। 

बार्सिलोनाको जितमा लियोनेल मेसीको महत्वपूर्ण योगदान रहेको थियो।  मेसीले एक गोल गरे भने एक गोल असिस्ट गरेका थिए। बार्सिलोनाका लागि अर्को गोल जेरार्ड पिकेले गरेका थिए। पिएसभीका लागि एक गोल डे जंगले गरेका थिए।

मेसीले च्याम्पियन्स लिगका समुह चरणमा ६६ खेलमा ६६ गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा समुह चरणमा धेरै गोल गर्ने नयाँ रेकर्ड बनाएका छन्।  त्यस्तै जेरार्ड पिके च्याम्पियन्स लिगको इतिहासमा तेस्रो धेरै गोल गर्ने डिफेन्डर बनेका छन्। पिकेले अहिलेसम्म च्याम्पियन्स लिगमा १३ गोल गरेका छन् भने इभान हेल्गुएराले १५ तथा रोबोर्टो कार्लोसले १६ गोल गरेका छन्। 

समुह बि मा ५ खेल पछि बार्सिलोना १३ अंक सहित शिर्ष स्थानमा रहेको छ भने टोटनह्याम र इन्टर मिलान बराबर ७ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्।  

अब च्याम्पियन्स लिगको समुह बि को अन्तिम खेल बार्सिलोना र टोटनह्यामबीच हुने छ भने पिएसभीले इन्टरमिलानको सामना गर्ने छ। यस समुहबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो अन्तिम खेलबाट लाग्ने छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै