• २०८१ बैशाख ८ शनिबार

लिभरपुलमाथि पिएसजीको महत्वपूर्ण जित, लिभरपुलको च्याम्पियन्स लिग यात्रा संकटमा 

kharibot

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत समुह सी मा अन्तिम १६ मा पुग्ने टिमको टुंगो अन्तिम खेलबाट मात्र लाग्ने भएको छ।  गएराती भएको खेलमा पिएसजीले लिभरपुललाई पराजति गरेपछि यस समुहमा रोचकता पैदा भएको छ। पिएसजीले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेपछि अब लिभरपुलको च्याम्पियन्स लिग यात्रा संकटमा देखिएको छ। 

पिएसजीको जितमा नेइमारले उत्कृष्ट प्रदर्शन गरेका थिए। निइमारले पिएसजीका लागि दोस्रो गोल गरेका थिए। पिएसजीका लागि पहिलो गोल जुआन बेर्नटले गरेका थिए। त्यस्तै लिभरपुलका लागि एक गोल जेम्स मिल्नरले पेनाल्टी मार्फत गरेका थिए। 

नेइमारले यस खेलमा गोल गरेसँगै उनी च्याम्पियन्स लिगमा अहिलेसम्म कै धेरै गोल गर्ने ब्राजिलियन खेलाडी बनेका छन्। नेइमारले ५२ खेलमा काकाको ३० गोलको रेकर्डलाई तोड्दै ३१ गोल गरेर धेरै गोल गर्ने ब्राजिलियन खेलाडी बनेका हुन्। ब्राजिलका खेलाडी रिभाल्डोले पनि च्याम्पियन्स लिगमा २७ गोल गरेका थिए।  

यो हारसँगै लिभरपुलले पहिलो पटक च्याम्पियन्स लिगका समुह चरणका तिनै अवे खेलमा हार बेहोरेको छ। यस समुहमा अन्तिम १६ मा पुग्ने टिमको टुंगो भने अब अन्तिम खेलहरुबाट लाग्ने भएको छ। अन्तिम खेलमा पिएसजीले रेड स्टारको सामना गर्ने छ भने लिभरपुलले नापोलीको सामना गर्ने छ।

यस समुहमा नापोली ५ खेलमा ९ अंकसहित शिर्ष स्थानमा छ भने पिएसजी ५ खेलमा ८ अंकसहित दोस्रो र लिभरपुल ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै रेड स्टार ५ खेलमा ४ अंकसहित चौथो स्थानमा रहेको छ। रेड स्टार भने समुह चरणबाटै बाहिरिईसकेको छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै