• २०८१ बैशाख १२ बुधबार

यस वर्षको एसइई परीक्षाको तालिका सार्वजनिक, प्रदेशस्तरबाट संचालन सकेन  

kharibot

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट शुरु गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

चैत १० गते आइतबारबाट सुरु हुने परीक्षा २१ गते बिहीबारसम्म चल्नेछ । चैत १० र ११ गते लगातार अनिवार्य अंग्रेजी र नेपालीको परीक्षा हुनेछ । चैत १३ गते अनिवार्य गणित र १४ गते अनिवार्य विज्ञानको परीक्षा छ । प्राविधिक धारको समेत गरी चैत २१ गते सबै परीक्षा सम्पन्न हुनेछन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । 

देशभरबाट एसइईमा सहभागी हुने विद्यार्थीको अन्तिम तथ्याङ्क आउने क्रम जारी रहेकोले अहिले तय भईनसकेको बोर्डले जनाएको छ । गत वर्ष चैत ८ बाट शुरु भएको परीक्षामा नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा विद्यार्थी सहभागी थिए । 

परीक्षाका लागि आवश्यक प्रश्नपत्र तयारी र नतिजा प्रकाशन केन्द्रबाटै हुने बोर्डले जनाएको छ। तीन बर्ष अघि जारी भएको शिक्षा ऐनको आठौं संशोधन अनुसार एसईई परीक्षा प्रदेशस्तरमा सञ्चालन हुनु पर्ने थियो । तर यस बर्ष पनि बोर्डले पर्याप्त तयारी नभएको भन्दै संघीय स्तरबाटै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

परीक्षाको संवेदनशीलताका लागि आवश्यक पूर्वाधार र ब्यवस्थापन नहुँदा संघीय स्तरबाटै परीक्षा सञ्चालन गर्ने गरी निर्णय भएको बताइएको छ। यसका लागि प्रश्नपत्र तयार गर्ने शिक्षक छनौट, प्रेसको छनौट लगायतका सुरक्षा सम्बद्ध कृयाकलाप सक्ने गरी बोर्डले काम गर्ने बताइएको छ। 

परीक्षाको तालिका

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै